वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७१, मंगलवार ०५:५०

काठमाडौं ,६ साउन।   वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को स्तरवृद्धिको माग गर्दै अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । bir-hospital
उनीहरूले राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी अस्पातल लथालिङ्ग हुँदा बिरामी स्तरीय सेवा पाउनबाट बञ्चित हुँदा समेत व्यवस्थापन पक्ष गम्भिर नभएको भन्दै संघर्ष गर्न बाध्य भएको बताए।
न्याम्समा अध्ययनरत आवासीय चिकित्सकको संगठन रेजिडेन्ट डक्टर्स एशोसियसन अफ न्याम्सका सदस्य गजेन्द्रमणी साहले माग पुरा गर्नका लागि स्वास्थ्यमन्त्रालयलाई ध्यानकर्षण गराउनेदेखि अस्पतालमा काम ठप्प पार्ने सम्मका कार्यक्रम रहेको बताए ।
न्याम्समा डिएम तथा एमसिएचसम्मको अध्ययन हुने भएपनि वीर अस्पतालमा अत्यावश्यक उपकरणको अभाव भएकाले तत्काल सिटिस्क्यान, सिआम, लिनिएर एक्स्लिेटर, एमआरआइजस्ता अपकरणको तत्काल व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ ।
उनीहरु ले न्याम्सको शैक्षिक गरिमा बढाउन दील्लान्त समारोह गर्नुपर्ने, आवासीय चिकित्सकका लागि आवासको व्यवस्था हुनुपर्ने, न्याम्स तथा वीर अस्पतालमा रिक्त पदाधिकारीको तत्काल नियुक्त गर्नुपर्ने लगायतका माग समेत अघि सारेका छन् । बुधबारसम्म माग सम्बोधन नभए बिहीबारदेखि अस्पतालमा काम ठप्प पार्ने चेतावनी उनीहरू ले दिएका छन् ।
न्याम्समा हाल २७० जना आवासीय चिकित्सक छन् । वीर अस्पतालमा स्तरीय सेवाका अभावमा बिरामीले पनि सास्ती खेप्नुपरेको गुनासो बढ्दै गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१