११ बर्षीय बालकले आफ्नो भाषण राष्ट्रपतिले चोरेको भन्दै अदालतमा मुद्धा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०७३, बिहीबार १३:४१

पाकिस्तानमा हालसालै एउटा अचम्मको घटना घटेको छ । त्यहाँका ११ बर्षीय एक बालकले आफ्नो भाषण सामग्रि राष्ट्रपति ममनून हुसेन चोरी गरेको गम्भिर आरोप लगाउँदै अदालतमा मुद्धा हालेका छन् । मात्र कक्षा ६ मा पढ्ने मोहम्मद सबील हैदरले आफूले पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको जन्म जयन्तीका लागि तयार गरेको भाषण राष्ट्रपति कार्यालयले चोरी गरेको आरोप लगाएका हुन् । ती बालकले आफ्ना पिता नसीम अब्बास नासिरलाई वारेस राख्दै इस्लामावाद उच्च अदालतमा राष्ट्रपति कार्यालयविरुद्ध बौद्धिक चोरीको मुद्दा हालेका हुन् । उनले राष्ट्रपति कार्यालय, राष्ट्रपतिको सचिव, राष्ट्रपति कार्यालयका अतिरिक्त सचिव, शिक्षा निर्देशनालय कलेजका निर्देशक, पाकिस्तान विद्युतीय मिडिया नियामक प्राधिकरण, पाकिस्तानी टेलिभिजनका प्रबन्ध निर्देशक तथा इस्लामावाद कलेज फर गल्र्सका प्रधानाध्यापकलगायतलाई प्रतिवादी बनाएका पाकिस्तानी न्यूज एजेन्सीहरुले जनाएका छन् । आफूले लिखितरुपमा तयार गरी आफ्नै आवाजमा रेकर्ड गर्नका लागि दिएको भाषण आफूलाई रेकर्ड गर्न नदिई अर्कै स्कुलकी छात्राको नाममा रेकर्ड गराइएको उनले दायर पत्रमा लेखेका छन् । – एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०