३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०७३, बिहीबार १३:३७

इटहरी ।  सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ ।
दुहवी–५ घर भएकी पवित्रा सोही बोर्डिङमा आवासीय सेवामा रहेको अवस्थामा गएराति हत्या भएको प्रहरीले अनुमान गर्दैै बोर्डिङ सञ्चालक शङ्कर थापा लगायतसँँग प्रारम्भिक सोधपुछ भइरहेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।

पवित्राको हत्या के कारणले भएको हो भनेर सोधखोज भइरहेको र चाँडै नै पवित्राको हत्यामा संलग्न मानिस पत्ता लाग्ने प्रहरी उपरीक्षक पोख्रेलले बताउनुभयो ।

पवित्राको हत्या यौनिक पनि हुन सक्ने भन्दै मृतकको शव परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०