शरीर फिट राख्नु छ जीम जानु पर्दैन सेक्स गर्नुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७३, बुधबार ०७:१०

तपाइँ हामीले सुन्दै आएका छौं शरीर सुन्दर र फिट राख्न शारीरिक ब्यायाम गर्नु र जिम जानु आवश्यक हुन्छ । तर बैज्ञानिकहरुले शरीर फिट राख्न अब जिम जानु नपर्ने केवल बेडरुम गए पुग्ने नयाँ तथ्य सार्वजनिक गरेका छन् । बैज्ञानिकहरुका अनुसार शरीरको तौल घटाउन र फिट राख्नका लागि कसरत गर्नुको तुलनामा सेक्स गर्नु कैयौं गुना लाभदायक हुन सक्छ ।

बैज्ञानिकहरुले एक घण्टा सम्म ओच्छ्यानमा रोमान्स गर्दा शरीरबाट उत्तिकै मात्रामा क्यालोरी बर्न हुन्छ जति हामी आधा घण्टा जगिङ गर्दा बर्न हुन्छ । क्यानडाको क्युवेक विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार आधा घण्टा सेक्स गर्दा पुरुषको शरीरबाट १२० क्यालोरी बर्न हुन्छ । जवकी महिलाको शरीरबाट ९० क्यालोरी बर्न हुन्छ ।

अध्यनका अनुसार जवान र स्वस्थ पुरुषको औषत सेक्सको समयमा १ मिनेटमा ४ दशमलव २ क्यालोरी बर्न हुन्छ जवकी जगिङ गर्न प्रयोग गरिने ट्रेडमिलमा त्यतिनै समयमा ९ दशमलव २ क्यालोरी बर्न हुन्छ । त्यसैगरी महिलाले सेक्स गर्दा एक मिनेटमा ३ दशमलव २ क्यालोरी गुमाउँछन तर त्यति समय जगिङ गर्दा ७ दशमलव १ क्यालोरी बर्न हुन्छ ।

बैज्ञानिकहरुले अध्यनमा १८ देखि ३५ वर्ष उमेर समूहका जोडीलाई समावेस गरेका थिए । जोडीहरुलाई एक महिना सम्म हप्तामा एक पटक सेक्स गर्न र ट्रेडमिलमा ३० मिनेट सम्म जगिङ गर्न भनिएको थियो ।

यसबाट उनीहरुलाई कसरत गर्दा वा सेक्स गर्दा बढी उर्जा खर्च हुन्छ भन्ने पत्ता लगाउनु थियो ।

पब्लिक लाइव्रेरी अफ साइन्समा प्रकाशित अध्यनका अनुसार यो परिणामबाट स्वास्थ्य र शारीरिक फिटनेसका लागि शारीरिक ब्यायाम वा कसरतको तुलनामा सेक्स गर्नु उत्तम भएको पुष्टी भएको छ ।

बैज्ञानिकहरुले सेक्स मानिसको जिन्दगीको महत्वपूर्ण हिस्सा भएको र यो मानसिक र शारीरिक स्वास्थ्यका लागि एकदमै आवश्यक रहेको बताएका छन् ।।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०