फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु , १८ जना बेपत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७३, मंगलवार १६:३१

क्रिसमस बिदाको बेला फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु भएको छ भने अरु १८ जना बेपत्ता भएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको छ क्रिसमसको दिन आएको नक टेन प्रायः पूर्वी प्रान्तहरु प्रभावित भएको कारण सडक र खेतबारीमा बाढी पसेको थियो भने भवनहरुमा क्षति पुगेको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यद्यपी अत्याधिक जनसङ्ख्या रहेको राजधानी मनिला भने सुरक्षित रहेको अधिकारीहरुले बताएका छन् । नक टेन नामक सो आँधीले विषेश गरेर फिलिपिन्सको पूर्वी क्षेत्रमा बढी प्रभाव पारेको फिलिपिन्स प्रकोप अनुगमन निकायका प्रवक्ता मिना मरासिगानले जानकारी दिनुभयो । यस आँधीबाट प्रभावित भएकमा झण्डै चार लाख २९ हजार जनालाई असुरक्षित क्षेत्रका घरबाट सुरक्षित क्षेत्रमा उद्धार गरिएको छ । आँधी चलेका बेला ३०३ भन्दा बढी उडानहरु रद्ध भएको पनि अधिकारीहरुले बताएका छन् । आँधीले धेरै घरहरु र भौतिक संरचनाहरुमा असर परेको सरकारी स्रोतले जानकारी दिएकाके छ । “दह्रो हावाका कारण हामीले धेरै घरहरु भत्किएको देखेका छौं, विद्यालय र अस्पतालकासमेत गरी विभिन्न भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन्, यथार्थ विवरणहरु आईसकेका छैनन्, के कति भौतिक संरचनाहरुमा क्षति पुगेको छ भन्ने स्पष्ट तथ्याङ्क हामीले संकलन गरिरहेका छौं,” प्रवक्ता मरासिगानले पत्रकारहरुलाई जानकारी दिनुभयो । आँधीले राजधानी मनिलामा पनि भीषण बर्षा हावाहुरी ल्याउने अनुमान गरिएको थियो, जहाँ बाक्लो बस्ती छ । तर आँधीले पूर्वी क्षेत्रमा मात्रै असर पारेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१