विपी चिन्तन प्रतिष्ठानद्वारा काभ्रे गोष्ठी आयोजना हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७३, मंगलवार १४:३९

काभ्रे । जननायक विपी कोइरालाको ४० औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसर पारेर विपी काभ्रे कनेपास्थित पञ्चकन्या बैक्वटमा यही पुस १८ गते ‘राष्ट्रियता सबलीकरणका लागि नेपाली कांग्रेसको भूमिका’ विषय एक दिने विचार गोष्ठी आयोजना हुने भएको छ । उक्त कार्यक्रम नेपाली कांग्रेसका महामन्त्री विपी पुत्र डा. शंशाक कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जानकारी विपी चिन्तन प्रतिष्ठान काभ्रेका अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता सिबी लामाले बताए । लामाले भने, ‘यतिखेर राष्ट्रियताको सवालमा सबै दलहरु आ–आफ्नै कित्तामा उभिएको र विपीको एकता र मेलमिलापको चिन्तनलाई बिर्सिएको जटिल परिस्थितिमा यो विचार गोष्ठी सार्थक र समयसन्दर्भ रहेको र सबै दलहरु्र राष्ट्रियताको सबालमा एकै ठाउँमा उभिनुपर्ने कार्यक्रमको औचित्य रहेको छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१