त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढ्दो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७३, मंगलवार १३:५५

काठमाडौँ, १२ पुस  ।  त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढेको छ ।
समारोहमा स्कार्फ र गाउन पोसाक लगाएर आफूले उत्तीर्ण गरेको प्रमाणपत्रसँगै अध्ययन गरेको अनुभव हुने भएकाले विद्यार्थीको समारोहमा आकर्षण बढेको हो ।

त्रिविले दीक्षित हुने प्रत्येक विद्यार्थीसँग रु दुई हजार धरौटी स्वरुप शुल्क लिएर स्कार्फ र गाउन दिने गर्दछ । समारोह पछि रु दुई हजार विद्यार्थीले फिर्ता पाउने छन् भने विद्यार्थीले स्कार्फ र गाउन त्रिविलाई फिर्ता गर्नुपर्ने हुन्छ ।

दीक्षित हुने विद्यार्थीले रु २०० शुल्क तिरेर समारोहमा दुई जना अभिभावक पनि लैजान पाउने व्यवस्था रहेको छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१