नेपाली जनसम्पर्क समिति हंगकंगको नवौं अधिवेशन सम्पन्न सभापतिमा जगत शाह निर्बिरोध निर्बाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७३, मंगलवार १२:०७

कर्ण अधिकारी। नेपाली जनसम्पर्क समिति हङकङको मिति २०१६/१२/२५ तारीकका दिन हंगकंग जोर्डन स्थित इण्डियन क्लवमा भएको नवौं सम्पन्न अधिवेशनबाट जगत शाहको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्बिरोध रूपमा निर्वाचित भएको छ।उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व उपसभापति, पुर्व मन्त्री, ब्यवस्थापिका माननीय सांसद एवं केन्द्रीय सदस्य गाेपालमान श्रेष्ठ, बिशेष अतिथि ब्यवस्थपिका माननीय सांसद श्रीमति विन्दादेवी अाले राना,बिशेष अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं दलित संगठनका अध्यक्ष मिन बहादुर बिश्वकर्मा हुनु हुन्थ्यो।अतिथिहरूमा हंगकंगमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि साथै बिदेशी भूमि हंगकंगमा राष्ट्रियता,लोकतन्त्र र समाजबाद प्रति आस्था राख्नु हुनु नेपाली दाजुभाई तथा दिदि बहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा मनतब्यका क्रममा प्रमुख अतिथि,बिशेष अतिथिहरूले नेपाली कांग्रेसको बर्तमान अबस्था साथै नेपाली जनसम्पर्क समितिहरूको नेपाली कांग्रेस प्रतिको दायित्व र अहिले सम्म खेल्दै आएको भूमिकाका बारेमा चर्चा गर्नुका साथै नेपालको संबिधानमा र कांग्रेसकै बिधानमा पनि बिदेशमा आईडी,पिआर लिनेहरूलाई राजनितिमा प्रतिबन्ध लगाईएकोमा त्यस बारे नेपाली कांग्रेस पार्टीले पुनरबिचार गरी महासमिति सदस्यको बैठक बसेर बिदेशमा आईडी र पिआर लिएकाहरूलाई पनि स्थान दिनु पर्ने बारे चर्चा गर्नु भएको थियो। नेपाली जनसम्पर्क समिति हङकङको नवौं अधिवेशनबाट चयन हुनु भएका पदाधिकारीहरूको नामावली:- १.सभापति:- जगत शाह २.बरिष्ठ उपसभापति :-मिनबहादुर गुरुङ ३.उपसभापति:-बिजय सुब्बा ४. महामन्त्री:-गोबिन्द राना ५.सह-महामन्त्री:-बिष्णु श्रेष्ठ ६.कोषाध्यक्ष:-विनय शाह ७.सह-कोषाध्यक्ष:-भबिन लिम्बु ८.प्रबक्ता:-ताहिर खान ९ सदस्य:-देवराजन गुरुङ १०.सदस्य:-सन्तोष गुरुङ ११.सदस्य:-गौतम गुरुङ कार्यक्रममा बर्तमान सभापति शाहले हंगकंगमा रहेका नेपाली संघ संस्थाहरूसंग सहकार्य गरी अगाडी बढ्नुका साथै नेपाली जनसम्पर्क समिति हंगकंगलाई नमुना जनसम्पर्क समिति बनाएर नेपाली कांग्रेस र अन्य जनसम्पर्क समिति माझ चिनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो।प्रमुख अतिथि गोपालमान श्रेष्ठबाट पद तथा गोपनीयताको सफत खुवाईएको थियो।कार्यक्रमको सभापतित्व निबर्तमान सभापति बसन्त श्रीनेतले गर्नु भएको थियो भने कार्यक्रम संचालन बरिष्ठ उपसभापति मिन बहादुर गुरूङले गर्नु भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१