रसियन सेनाका अधिकारी चढेको सैनिक जहाज दुर्घटना ग्रस्त को को थिए जहाजमा हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०७३, सोमबार ०७:१९

रसियन सेनाका अधिकारी चढेको सैनिक जहाज दुर्घटना ग्रस्त भएको छ। सिरीयाको लागी उडेको सैनिक बिमान ब्याल्याक सीुमा दुर्घटना ग्रस्त भएको रक्षा मन्त्रालयले जनाएको छ। सिरियामा रहेका एयरफोर्सका पाइलटहरुलाई नयाँ वर्षको बधाइ दिन सैनिक अधिकारीहरु बोकेर उडेको बिमान दुर्घटनामा परेको थियो। रक्षा मन्त्रालयले बताएअनुसार ९२ जना बोकेर उडेको ए टुपोलेभ –१५४ आइबार बिहान बेपत्ता भएको थियो।
जहाज मक्कोबाट सिरीयास्थित रसियाको हवाइ अड्डा रहेको नोभोस्तीका लागि उडेको थियो। जहाजमा मानव अधिकारबादी पनि रहेको बताइएको छ। सिएनएन समाचारले बताए अनुसार प्रख्यात रसियन मानव अधिकारबाद लिजा ग्ल्निका पनि यक्त दुर्घटनामा परेकी छन्। उनि सिरीयाको अस्पतालका लागि औषधिहरु लगेर गएकी थिइन।
स्थानिय समाचारहरुले बताए अनुसार दुर्घटना प्लेनमा आएको प्राविधिक गडवडीका कारण भएको बताइएको छ। ‘आतंकाकारीहरुको हमलाबाट उक्त घटना भएको होइन।’ रसियाको रक्षा मन्त्रालयले बताएको छ।
रक्षा मन्त्रालयले उक्त जहाजमा रहेका यात्रुहरुको नामावली सार्वजानिक गरेको छ। जसमा ८ जना चालक दलका सदस्या रहेका थिए भने ८ जना सैनिक लगायत ६० रसियन आर्मिका सांगित समुहका सदस्यहरु रहेको बताएको छ। ९ जना पत्रकारहरु पनि उक्त जहाजमा रहेको बताइएको थियो।
दुर्घटनाको छानविनकालागी रुसी प्रधानमन्त्री दिमेत्री मेदभेदेवको नेतृत्वमा कार्यदल गठन गरिएको जनाइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१