त्रिविमा प्राध्यापक संख्या बढ्दै, विद्यार्थी संख्या घट्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०७३, आईतवार ०९:२७

काठमाडौं,१०  पुस । त्रिभुवन विश्वविद्यालयमा केही वर्षयता विद्यार्थी संख्या ह्वात्तै घटेको छ। विभिन्न तहका प्राध्यापक संख्या भने क्रमशः बढेको छ। विद्यार्थी घटेपछि प्राध्यापकको भारसमेत कम हुँदै गएको छ। स्नातक र स्नातकोत्तर तहमा झन्डै आधा लाख विद्यार्थी घटेका छन्। त्रिविको अद्यावधिक तथ्यांकअनुसार आर्थिक वर्ष ०७१(७२ मा एक लाख ४८ हजार एक सय ४१ विद्यार्थी रहेकोमा चालू आव ०७२(७३ मा ९९ हजार ४५ मा झरेको छ।
४९ हजार ९६ विद्यार्थी संख्या घटेको त्रिविको रेकर्ड छ। आव ०७०(७१ मा भने आंगिक क्याम्पसमा दुई लाख ७३ हजार तीन ४९ विद्यार्थी रहेको त्रिवि योजना महाशाखाले जनाएको छ। ०७१(७२ मा अघिल्लो वर्षको तुलनामा एक लाख २५ हजार दुई सय आठ विद्यार्थी घटेका थिए। आजको नयाँ पत्रिकाबाट यो खबर लिएका हौ।

त्रिविमा सहायक प्रशिक्षकदेखि प्राध्यापकसम्म गरी सात हजार पाँच सय ९२ शिक्षक रहेको योजना महाशाखाको तथ्यांक छ। यस हिसाबले एक शिक्षकलाई १३ विद्यार्थीको भार पर्छ। अझै शिक्षक संख्या थपिँदै छन्। यस वर्ष खुला प्रतिस्पर्धाबाट झन्डै ६ सय उपप्राध्यापक थपिने त्रिविका रजिस्ट्रार डिल्ली उप्रेतीले जानकारी दिए। उपप्राध्यापक तहको लिखित नतिजा आएपछि अहिले धमाधम अन्तर्वार्ता भइरहेको छ। नयाँ थपिएपछि शिक्षकको भार झन् कम हुनेछ।

भार नपुगेपछि कार्यक्रम मर्जको तयारी त्रिविको नियममा स्नातक तहमा एक सातामा १२ पिरियड पढाउनुपर्ने व्यवस्था छ। तर, सबै प्राध्यापकले यो भार पूरा गरेका छैनन्। योजना महाशाखा प्रमुख प्रा।डा। रिद्धिशकुमार पोखरेलले पनि विद्यार्थी संख्या कम भएका विषय र केही क्याम्पसमा प्राध्यापकले भार पूरा नगरेको जानकारी दिए।विद्यार्थी कम हुने विषयमा विभिन्न कलेजको कार्यक्रम र सिफ्ट मर्ज गर्ने त्रिविको तयारी छ। मानविकी तथा सामाजिकशास्त्र संकायले विद्यार्थी कम हुने विषय सबै क्याम्पसमा सञ्चालन गर्न नदिने भएको छ।

थोरै–थोरै विद्यार्थी धेरै क्याम्पसमा भर्ना हुँदा जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनमा समस्या हुने हुँदा त्रिविले १० भन्दा कम विद्यार्थी भएमा कार्यक्रम सञ्चालन नगर्न सर्कुलर गरेको छ। १० जनाभन्दा कम विद्यार्थीले आवेदन फारम भरेमा त्यो फारम डिन कार्यालयमा पठाउन निर्देशन दिइएको छ।

नेपाल भाषा, हिन्दी, उर्दूलगायतका भाषा तथा इतिहास, भूगोल, संस्कृत, राजनीतिशास्त्रलगायतका विषयमा विद्यार्थी संख्या निकै कम हुँदै गएको छ। धेरै क्याम्पसले थोरै–थोरै विद्यार्थी पढाउँदा भौतिक पूर्वाधार धेरै खपत हुने र जनशक्ति व्यवस्थापनमा समस्या हुँदै आएको त्रिविका अधिकारीको भनाइ छ।

त्रिविमा विद्यार्थी घट्नुका तीन कारण
प्रा।डा। रिद्धिशकुमार पोखरेल प्रमुख, योजना महाशाखा, त्रिवि
१। अहिले विद्यार्थी धेरै स्कोप भएका विषय अध्ययन गर्न खोजिरहेका छन्। त्रिविका आंगिक क्याम्पसमा मात्र होइन अवसर प्राप्त हुने विषय अध्ययनका लागि अरू क्याम्पस र विश्वविद्यालयमा पनि गएका छन्। तर, त्रिविका अध्यापन हुने प्राविधिक विषयमा आवेदन दिनेको संख्या वृद्धि भइरहेको छ।
२। विदेशमा पढ्न जाने विद्यार्थीको संख्या पनि बढिरहेको छ। कतिपय विद्यार्थी पढाइ छाडेर कामका लागि पनि हिँडेका छन्।
३। त्रिविले कतिपय विषयमा समयसापेक्ष कोर्स परिमार्जन गर्न सकेको छैन, त्यसले पनि विद्यार्थीको आकर्षण घटेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०