मलेसियामा एक नेपालीको घाँटी रेटी हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७१, सोमबार ०९:५६
प्रदिप राई/ क्वालालम्पुर । मलेसियाको जोहरबारु स्थित इनोसेरामेटिक कम्पनिमा कार्यरत महोतरी किसाननगर – सात का २५ बर्सिय चेतराज गिरी “सुमन” को घाटी रेती हत्या भएको छ।  चार बर्ष अघि वैदेशिक रोजगारका लागी मलेसिया आएका थिए। मलेसियाको जोरबारुमा रहेको इनोसेरामेटिक कम्पनीमा कार्यरत गिरीको नेपाली र भियतनामी साथी मिलेर घाँटी रेटी हत्या गरेका हुन। kuala-lumpur-malaysia-photos-2
चेतराजको साथमा रहेको ४५ सय रिङगेट(करिब डेढ लाख रुपैयाँ) लुट्ने उद्देश्यले एउटै कम्पनीमा कार्यरत साथीहरुले गएको असार २८ गते राती ११ बजे उनको हत्या गरेका मृतकका आफन्त लक्ष्मण गिरीले बताए। गिरिको शव हत्यापछि कम्पनी नजिकैको झाडीमा फालिएको अवस्थामा फेला परेको थियो।
चार बर्ष अघि रोजगारीको लागि मलेशिया गएका गिरीको राम्रो कमाई र सजिलो काम भएको कारण समय थप गरेर काम गर्दै आएको आए देखी घर समेत नफर्किएको उनका आफन्तहरुले बताएका छन। घटनामा संलग्न भएको आशंकामा स्थानिय प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।  आफन्तहरुले मृतकको शव नेपाल पठाउने प्रक्रिया सुरु गरेका छन।  सरकारले आवश्यक सहयोग नगर्दा शव नेपाल ल्याउन ढिलाई भएको मृतकका फुपुका छोरा लक्ष्मण गिरीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१