पुष ११ देखि १५ गतेसम्म चितवनको सौराहामा हात्ती महोत्सव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ पुष २०७३, बुधबार ०८:१८

काठमाडौँ।  समाज, संरक्षण र समृद्धि भन्ने नाराका साथ आगामी पुष ११ देखि १५ गतेसम्म चितवनको सौराहामा हात्ती महोत्सव हुने भएको छ ।

आन्तरिक र बाह्य पर्यटन प्रवर्दन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको काठमाडौमा पत्रकार सम्मेलन गरिएको जानकारी दिइएको हो । लोप हुँदै गएको हात्तीको संरक्षण र महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा जागरण ल्याउन महोत्सवको आयोजना हुने गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । महोत्सवमा आगन्तुकहरुलाई मनोरञ्जन र हात्तीका विविध पक्षको बारेमा जानकारी दिन विगतमा जस्तै हात्ती दौड प्रतियोगिता पनि समावेश गरिएको छ ।

हात्तीको पिकनिक, हात्तीपोलोलगायत विभिन्न प्रतियोगितात्मक कार्यक्रम पनि संचालन गरिनेछ । त्यसैगरी मेलाको आकर्षणको रुपमा हात्तीका छावाहरुबीच फुटबल प्रतियोगिता सञ्चालन गर्ने आयोजकले जनाएको छ । नेपाल पर्यटन बोर्डको प्रर्वदनमा हुन लागेको हात्ती महोत्सवमा चितवनका विभिन्न संघ संस्थाले सहभागिता जनाउने छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१