मकाउमा किराँती राईहरूले यलेदोङ्ग उधौली साकेला पर्व मनाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ पुष २०७३, बुधबार ०८:१६

 कर्ण बहादुर अधिकारी/  मकाउ चीन। चीनको स्वशासित क्षेत्र मकाउमा किराँतीहरूको रीति रीवाज र मौलिक परम्परालाई निरन्तरता दिदै मकाउमा कार्यरत रहेका किराँती राईहरूको संस्था किराँत राई यायोक्खा मकाउले भव्यताका साथ २०१६/१२/१९ तारिक सोमबारका दिन ताईपा स्थित “हाक्सा बीचको” समुन्द्री तटमा यलेदोङ्ग ५०७६ उधौली साकेला पर्व तथा साधरण भेटघाट कार्यक्रम भब्यताका साथ मनाए।किराँतीहरूले यो पर्व परापूर्व काल देखि नै मनाउँदै आएको र मनाउनुको कारण मंसिरमा अन्न बाली भित्राए पश्चात आफ्नो कुल र पुर्खालाई स्मरण गर्दै मनाउन थालिएको भन्ने किवदन्ति छ।उक्त कार्यक्रममा प्रमुख अतिथि गैर आबासीय नेपाली संघ हंगकंगका प्रबक्ता,एभरेष्ट साप्ताहिक पत्रिकाको प्रधान सम्पादक,किराँत राई यायोक्खा हंगकंगका पूर्व अध्यक्ष एवं सल्लाहकार किसन राई,अतिथीहरू मकाउ तामाङ् घेदुङको अध्यक्ष दोर्जे तामाङ,नेपाली समाज मकाउका उपाध्यक्ष युवराज न्यौपाने लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थिति रहेको थियो। कार्यक्रमको दौडानमा प्रमुख अतिथि देखि अतिथीहरूले आआफ्नो मन्तव्य राखेका थिए।मन्तव्यमा सबैले देशकै बारेमा चिन्ता ब्यक्त गर्नुका साथै रीतिरीवाज, धर्म संस्कृतिलाई नयाँ पुस्ताले बिर्सदै जाने क्रम बढि रहेको हुनाले परम्पराको संरक्षण र संबर्द्धन गर्नु पर्ने धारणा ब्यक्त गरेका थिए।कार्यक्रममा स्वागत मन्तव्य किराँत राई यायोक्खा मकाउका महासचिव मंगल राईले दिनु भएको थियो भने कार्यक्रमको सभापतित्व किराँत राई यायोक्खा मकाउका अध्यक्ष भिम कुमार राईले गर्नु भएको थियो।कार्यक्रममा भीम कुमार राईले मकाउमा रहेका सामाजिक संघ संस्थाहरू संग सहकार्य गरी अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो।कार्यक्रमको अन्त्यमा साकेला नाँच प्रस्तुत गरीएको थियो भने कार्यक्रमको संचालन किराँत राई यायोक्खा मकाउका सक्रिय सदस्य कृष्ण याम्फुले गर्नु भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१