माेटरबाइकको ट्रायल फेल हुनु भो ? यी तरिका अपनाउनुस्, सजिलै पास हुनुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ पुष २०७३, मंगलवार १२:४०

ट्रायलमा सवारी चलाउनु सुरु गर्नुअघि हेल्मेट लगाउने र फित्ता बान्न विर्सनुहुँदैन । त्यस्तै लुकिङ ग्लास मिलेर नमिलेको हेर्ने र साइड लाइट पनि बल्नेर नबल्ने परीक्षण गर्नुपर्छ ।
– ट्रायलमा सबैभन्दा पहिला अंग्रेजी अंकको एटमा प्रवेश गर्दा जतिसक्दो कम स्पिडमा अगाडि बढाउनुपर्छ । एटको बाहिरी घेरालाइ अगाडिको चक्काले च्यापेर विस्तारै संकेत अनुसार अगाडि बढ्नुपर्छ । एट पूरा गरिसकेपछि सोही दिशाबाट आधा राउन्डमा एस बनाएर बाहिर निस्कनुपर्नेहुन्छ । यसरी एटबाट निस्केपछि जेब्राक्रसिङ पुग्नुअगावै ट्राफिक लाइट हेर्न विर्सनु हुदैन ।

– ट्राफिक लाइट पहँलो या रातो बलेको छ भने जेब्राक्रसिङ लाइन नछोइकन रोकर बस्नुपर्छ । त्यस्तै, ग्रिन लाइट बल्दा अगाडि बढ्नुपर्ने हुन्छ ।

जेब्राक्रसिङबाट अगाडि बढ्पछि साँघुरो फल्याकबाट जानुपर्छ । यो क्रममा फल्याकको मध्यभागमा पुगेपछि बाँया साइडको साइडलाइट बाल्नुपर्छ । त्यसपछि यू टर्नमा विस्तारै बायाँ साइड घुमेर उकालो उक्लिँदा स्टप लेखिएको स्थानमा दुईवटा धर्काइलाइ नछोइकन बीचमा रोक्नुपर्ने हुन्छ ।

– उकालोमा रोकेर अगाडि बढ्नुभन्दा पहिला साइड लाइट अफ गर्न विर्सनु हुँदैन । त्यसपछि ट्राफिकको इसारा पाएपछि पछाडि नहटाइकन अगाडि बढ्नुपर्छ ।

फेरि अरोलामा अगाडिको एउटा धर्कोलाइ नछोइकन र चक्का नघ्रिस्याइ रोक्नुपर्ने हुन्छ । त्यसपछि फेरि ट्राफिकको इसाराअनुसार उबडखाबडको बाटोबाट अगाडि बढ्नपर्छ । यो क्रममा ह्याण्डललाइ बलियो गरी समाएर थोरै एक्सिलेटर लिँदै पाइपको बाटो पार गर्नुपर्छ । त्यसपछि दुइपांग्रेको स्टार्ट अफ गर्ने या न्युट्रलमा राख्नुपर्छ ।

– सवारी स्टार्ट गरेदेखि अन्तिममा नरोकसम्म ह्यान्डलबाट दुईवटै हात हटाउनु हुँदैन । यति चरण पूरा गरेपछि सवारीचालक अनुमति पत्र लिन योग्य भइन्छ । आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१