कक्षा १० को परीक्षा आगामी चैत ३ गतेबाट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७३, शनिबार ०८:०६

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत ३ देखि १४ गतेसम्म सञ्चालन गर्ने भएको छ । विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस परीक्षालाई अब एसईई बनाइएको छ । परीक्षा सञ्चालन समितिको शुक्रबार बसेको बैठकले पहिलो दिन चैत ३ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै, चैत ४ गते अनिवार्य नेपाली विषय, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते सामाजिक शिक्षा, चैत ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयको परीक्षा सञ्चालन हुनेछ । पनिकाका अनुसार चैत १० गते ऐच्छिक प्रथम र चैत ११ गते ऐच्छिक द्वितीय अन्तर्गतका विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्राविधिकतर्फ भने थप तीन दिन अर्थात् चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुने जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०