अब आइतबार पनि खुल्ने मलेसियाको दुताबास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७१, शुक्रबार ०७:१४
प्रदिप राई / क्वालालम्पुर । मलेसियामा रहेका नेपाली तथा अन्य सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्न क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ। Petronas-Twin-Towers-Kuala-Lumpur-KLCC-Malaysia-1-5IRDYW79VP-1024x768
आगामी साउन १६ गतेदेखि आइतबार पनि दूतावासले सेवा प्रवाह गर्ने निर्णय गरेको मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले बताए । हस्तलिखित राहदानीलाई यन्त्रले पढ्ने राहदानी (एमआरपी)ले प्रतिस्थापन गर्न सेवाग्राहीलाई सहजहोस् भनेर हामीले आइतबार पनि सेवा प्रवाह गर्ने निर्णय बताउँदै उनले भने,’यहाँ कार्यरत नेपालीलाई आइतबार बिदा हुन्छ, बिदाका दिन उनीहरुलाई सेवा प्राप्त गर्न सजिलो हुनेछ ।
शुक्रबार भने दूतावास बन्द हुने जानकारी दिँदै राजदूत बस्न्यातले आइतबार दूतावास सञ्चालन गरेपनि यहाँ रहेका नेपालीलाई दूतावासबाट एमआरपी प्राप्त गर्न सजिलो हुने बताउनुभयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१