मकाउ पठाइदिने भन्दै करोडौं ठगी गर्ने गिरोह पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७१, शुक्रबार ०६:४०
काठमाडौँ ,२ साउन  । वैदेशिक रोजगारीका लागि मकाउ पठाईदिने भन्दै करोडौं रुपैंयाँ ठगी गर्ने गिरोहले प्रहरी अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । मकाउमा धेरै पैसा कमाउने गरी रोजगारीमा पठाइदिने आश्वासन दिएर सर्वसाधारणसँगबाट ठूलो परिमाणमा रकम असुल्ने गिरोह मध्येका केहीलाई पक्राउ गरिसकिएको र गिरोह पहिचान भइसकेको ब्युरोले जनाएको छ ।उक्त गिरोहले पछिल्लोपटक २३ जना सर्वसाधारणलाई मासिकरूपमा दुई लाख तलब पाउने गरी वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने आश्वासन दिएर प्रतिब्यक्ति आठ लाख रुपैंयाका दरले रकम असुलेको प्रहरीले जनाएको छ । imagesपीडितमध्ये केहीले सो गिरोहविरुद्धमा उजुरी दिएपछि प्रहरी अनुसन्धान ब्युरोले खोजी थालेको हो ।
रकम लिएकामध्ये केही व्यक्तिलाई थाइल्याडको बैंककसम्म पु¥याएर अलपत्र रूपमा छोडेर भाग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ । त्यस कार्यमा एक महिलासहित पाँचजना सङ्गठितरूपमै संलग्न रहेकामा केहीलाई पक्राउ गरिसकिएको प्रहरीको भनाई छ । उनीहरूले योजनावद्ध ढङ्गले तहगतरूपमा रकम असुल्ने, विदेश पठाउन टिकट काट्ने, भिसा लिइदिने, बैंककसम्म पु¥याउने कार्यको जिम्मेवारी लिँदै आएका थिए ।
उक्त गिरोह मध्येका रामकुमार थापामगर, राजन अवस्थी, मिलन राई र अनु चापागाईंलाई पक्राउ गरिसकिएको र अधिकांशको पहिचान भइसकेको प्रहरी अनुसन्धान ब्युरोका प्रमुख उत्तमकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१