नाट्टाले मङ्सिर २४ अर्थात् भोलि ५० औँ स्वर्ण महोत्सव मनाउदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०७३, बिहीबार १५:२२

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण महोत्सव मङ्सिर २४ अर्थात् भोलि   मनाउने भएको छ ।
‘नेपालको पर्यटनः राष्ट्रिय प्राथमिकताको उद्योग’ भन्ने नाराका साथ काठमाडौँमा विशेष कार्यक्रम गरी महोत्सव मनाइने नाट्टाको महासचिबले बताएका छन् ।
देशभरका एक हजारभन्दा बढी पर्यटन व्यवसायी कम्पनीको छाता सङ्गठनको रुपमा ५० वर्षदेखि कार्यरत नाट्टा नेपालको मात्र नभई एसियाली क्षेत्रकै पहिलो पर्यटकीय व्यावसायिक संस्था मानिन्छ ।
संस्थाले आफ्नो आरोहअवरोह पार गर्दै आधा शताब्दीको लामो अवधिमा देशभरिका ट्राभल तथा टुर अपरेटरलाई सशक्त नेतृत्व प्रदान गर्नाका साथै नेपालको पर्यटन उद्योग र निजी क्षेत्रबीच समन्वयात्मक भूमिका खेलेको नाट्टाले  जनाइएको छ ।
स्वर्ण महोत्सव उद्घाटनसँगै संस्थाको  अधिवेशन, गोलमेच सम्मेलन, पुरस्कार वितरण कार्यक्रम तथा विशिष्ट मनोरञ्जनात्मक कार्यक्रम तय गरिएको संस्थाले जनाएको छ ।
यस वर्ष विश्व पर्यटन व्यवसायीको छाता सङ्गठन युनाइटेड फेडरेसन ट्राभल एजेन्ट एसोसिएसनको पनि स्वर्ण महोत्सव रहेकाले उक्त संस्थाका अध्यक्ष तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीका अध्यक्ष र प्रतिनिधिको महोत्सवमा सहभागिता रहने नाट्टा स्वर्ण महोत्सव संयोजक सिएन पाण्डेले बताउनुभयो ।
स्वर्ण महोत्सवका अवसरमा भूकम्पबाट क्षति पुगेका पुरातात्विक संरचनाको पुनःनिर्माणलाई तीव्रता दिनका लागि सशक्त आवाज उठाउने उद्देश्यले पाटन दरबार, वसन्तपुर दरबार क्षेत्र लगायतमा सचेतनामूलक साइकल यात्राको आयोजना गरिएको नाट्टाले जनाएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१