नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि जुत्ता प्रहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०७३, बिहीबार ११:५६

पोखरा ,२३ मङ्सिर  । नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि जुत्ता प्रहार गरेका एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षका छात्र सञ्जिव भट्टराई छन् ।

क्याम्पस हातामा गरेको नयाँ शक्ति विद्यार्थी युनियनले नयाँ विद्यार्थीका लागि बिहीवार आयोजना गरेको स्वागत कार्यक्रममा बाबुराम प्रमुख अतिथि थिए । उनलाई ताकेर भट्टराईले जुत्ता प्रहार गरे पनि लाग्न पाएन । त्यसपछि उनले कालो झन्डा देखाउँदै बाबुरामविरुद्ध नाराबाजी गरेको प्रत्यक्षदर्शी विद्यार्थीहरूले बताए । घटनालगत्तै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बगरको हिरासतमा राखेको छ ।

जुत्ता प्रहारले केहीबेर बिथोलिए पनि स्वागत कार्यक्रम पुनस् सञ्चालन भएको थियो । घटना भएको र भट्टराईलाई नियन्त्रणमा लिइएको इप्रका बगरका प्रहरी निरीक्षक किशोर लम्सालले पुष्टि गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१