भोजपुरमा पिउने पानीको समस्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७१, शुक्रबार ०६:१०

गणेश विष्ट / भोजपुर २ साउन ।
लामो समय खडेरीका कारणले भोजपुरमा खाने पानिको मुहान नबढ्दा भोजपुरका १२ सय ५० घरधरीका स्थानिय बाषीलाई पिउने पामिा समस्या भएको मात्र नभई पानिमा लोडसेडिङ्गको समेत समाना गर्नु परेको अबस्था छ ।pani_20130606
भोजपुरका स्थानीय बासिहरुलाई खानेपानी सम्बन्धि समस्या दिन प्रतिदिन बढ्दै गएको छ । प्रसस्त मात्रमा पानि उपलब्द नहुदा पिउन, नुहाउन कपडाधुन लगाएत दैनिक उपभोगमा समेत समस्या परेको छ । बर्षादको समयमा पनि पानिका मुहान नबढ्दा पिउने पानिमा सममस्या भएको हो । यो योजना सिलिचुङ्ग खानेपानी मुलउपभोतmा समितिले सञ्चालन गदै अएको छ । जसमा अहिले १२ सय ५० घरधुरीका २० हजार मानिसले खानेपानि उपभोग गदै आएका छन् । यतिमात्र नभएर खानेपानीको माग दिन प्रतिदिन बढ्दै गएपनी माग भएजति पानि वितरण गर्न नसकियको सिलिचुङ्ग खानेपानी मुलउपभोतmा समितिका अध्यक्ष नविन प्रधानले बताउनु भयो । साउन लागिसक्यो तरपनी पानिका मुहानमा भने केहि सुधार भएको छैन् । यस साल वर्षाद ढिलो भएका कारण खानेपानी लगाएत रोपाईमा समेत समस्या भएको छ । यस संथाले विगत ३५ बर्ष देखी सेवादिदै आएको छ । यसरी सेवादिने क्रममा यसपालि भने निकैठूलो समस्या परेको छ । विगतका दुई महिना जेष्ठ र आसार महिनामात पानिमा लोडसेडिङ्ग भएको यिथो । चारवटा मुहानको पनि जम्मा गरी उपभोतmा लगाएत संघसंस्था सरकारी कार्यलय अस्पताल लगाएत लाई दैनिक रुपमा पानि वितरण गदै आएको छ । जसमा अस्पताल , जिल्ला प्रहरी कार्यलय ,गण, कारागार, प्रशासन ,जि.वि.स लगाएत आवस्यकिय ठाउमा भने २४ घण्टै पानी उपलब्द गराउदै आएको प्रधानले बताउनु भयो ।
उपभोताको मागलाई मध्यनजर गदै यस समितिले थप २७ करोडको योजना समेत सञ्चालन गर्ने तयारीमा रहेको छ । योे खानेपानी को मुहान सदरमुकाम देखी करीब २२ किलोमिटर टाढा तिमा गाविसको सिरकमा पर्ने तिनभगाले मुहान पर्द छ । यस मुहानका लागि स्थानिय बासीहरु संग सम्झैता भई सकेका अध्यक्ष प्रधानले बताउनु भयो । यो योजना सफल भएमा थप दुई हजार घरधरीलाई पानि पुग्ने छ । खानेपानिको मुहान महिनामा दुई पटक नियमित रुपमा सफा गर्ने गरेको भएतापनी जंगली जनावरले फोहोर गर्ने गरेका छन् । त्यसता समस्या समधानका लागि भोजपुर नगरपालिकाले तीनलाख सहयोग गरेको छ । यो योजना तत्काल सञ्चाल हुने र आगमी ६ महिनामा पुर्णरुपमा प्राकृतिक तरिकाले संरक्षण गरिने प्रधानले बताउनु भयो । यसको संरक्षण भएपछि उपभोतmाले सफा र श्वच्छ पानि पिउन पाउने भएका छन् ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१