पर्यटकले गरे सडक र पार्कमा सरसफाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०७३, बिहीबार ११:४८

लमजुङ । भ्रमण तथा अध्ययनको सिलसिलामा आएका विदेशी पर्यटकले यहाँको सडक र पार्कमा सरसफाइ गरेका छन् ।
बेसीसहर नगरपालिकासँग समन्वय गरी विदेशी २२ जनाको समूहले बेसीसहरको सडक र दनाइफाँटमा रहेको कर्पुरेश्वर पार्कमा सरसफाइ गरेका हुन् । अमेरिकाको वासिङ्टनस्थित वल्र्ड क्लास एकेडेमीमा अध्ययनरत २२ जना विदेशी युवा ब्यानरसहित सडक र पार्क सरसफाइमा जुटे । उनीहरुले दिउँसोको नियमित अध्ययनलाई छोट्याएर साँझको समयमा सरसफाइ गरेका हुन् ।

विदेशी पर्यटकको समूह हातमा कुचो, झाडु लिएर सडकमा निस्किएको देखेपछि स्थानीयवासी चकित भएका थिए । केही स्थानीयवासीले उनीहरुसँगै सरसफाइमा पनि साथ दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०