आँखीभौँ जोडिएका छन् ! यसो गर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०७३, बिहीबार ०७:५७

काठमाडौं । आँखीभौँको सौन्दर्यमा पुरुषभन्दा महिला बढी सजग रहन्छन् । त्यसो त आजकाल पुरुष पनि आँखीभौँ मिलाउन रुचाउँछन् । कतिपय व्यक्तिको आँखीभौँ एक–आपसमा देखिने गरी नै जोडिएका हुन्छन् । अर्थात्, दुई आँखीभौँको बीचमा पनि रौँ निकै बाक्लो पलाएको हुन्छ । यसरी जोडिएका आँखीभौँलाई सुन्दर बनाउन महिला नै बढी सचेत हुन्छन् । तर, आँखीभौँ छुट्याउने कि जोडिएकै अवस्थामा सुन्दर बनाउने भन्नेमा धेरै अन्योलमा रहन्छन् । आखिर के गर्दा राम्रो हुन्छ रु यस्ता छन् ब्युटिसियन भावना राणाका सुझाबः कस्तो राम्रो रु कैयौँको आँखीभौँ जोडिएको हुन्छ । तर, अधिकांशले जोडिएका आँखीभौँ छुटाउनै चाहेको पाइन्छ । कतिपयले जोडिएका आँखीभौँले सुन्दरता गुमेको महसुस गरेर फाल्छन् भने कतिपयले समाजमा गरिने हल्ला र मान्यतालाई आधार मानेर हटाउँछन् । आँखीभौँ जोडिएको व्यक्ति रिसाहा हुन्छन् भन्ने भनाइ छ । तर, आँखीभौँ जोडिएका कैयौँ व्यक्ति जीवनमा निकै सफल भएका उदाहरण पनि छन् । उदाहरणका लागि बलिउड अभिनेत्री काजोलको आँखीभौँ जोडिएका छन् । उनको सौन्दर्य जोडिएका आँखीभौँमा झन् बढेको देखिन्छ । प्राकृतिक रूपमा अभिनेत्री मनीषा कोइरालाको आँखीभौँ पनि जोडिएकै हो । फिल्म इन्डस्ट्रीमा प्रवेश गरेको लामो समयसम्म पनि मनीषा जोडिएकै आँखीभौँमा देखिन्थिन् । उनले पछि आँखीभौँ छुट्याइन् । यस्ता धेरै चर्चित व्यक्तिहरू छन्, जसका आँखीभौँ जोडिएका छन् । यसकारण आँखीभौँ जोडिएकैमा दुःखी र निराश हुनु ठीक होइन । नचाहँदा भने अलग गर्न सकिन्छ । व्यक्तिको अनुहारअनुसार सुहाउनेरनसुहाउने हुन्छ । एकपटक प्रोफेसनल ब्युटिसियनको परामर्श लिएर फाल्ने या राख्ने निर्णयमा पुग्न सकिन्छ । भावना राणा ब्युटिसियन माई फेयर लेडी, धोबीघाट भावना राणा ब्युटिसियन माई फेयर लेडी, धोबीघाट नछुट्याएरै सुन्दर जोडिएको आँखीभौँ नछुट्याएरै पनि सुन्दर बन्न सकिन्छ । यसका लागि एकपटक प्रोफेसनलको परामर्श लिनुहोस् । यसका लागि अनुहारको बनोटअनुसार सुहाउने सेप दिएर आँखीभौँ मिलाउन सकिन्छ । जोडिएको भागलाई पनि आवश्यकताअनुसार छोट्याउन तथा मिलाउन सकिन्छ । जोडिएको भागलाई पूरै नछुट्याई केही पातलो गर्न पनि सकिन्छ । यसका लागि आवश्यकताअनुसार घरमै ट्विजरिङ गर्न सकिन्छ । ट्विजरिङ गर्दै पूरै आँखीभौँको सेप मिलाउन हरेक १५ दिनमा आँखीभौँ ट्रिम पनि गर्नुपर्छ । नियमित ट्रिम गरेर आँखीभौँलाई सुन्दर सेपमा राख्नुपर्छ । छुट्याउनै परे जोडिएको आँखीभौँ मन नै परेको छैन या सुहाएको पनि छैन भने छुट्याउनु नै राम्रो हुन्छ । नराम्रो देखिएको हीनताबोधमा रहनुपर्ने आवश्यकता नै रहँदैन । जोडिएका आँखीभौँ छुट्याउन धेरै तरिका छन् । नेपालमा धेरै चलेको र पुरानो तरिका त थ्रेडिङ नै हो । जोडिएको आँखीभौँ थ्रेडिङबाट हटाउन सकिन्छ, अनि अनुहारअनुसार पूरा आँखीभौँको सेप दिन सकिन्छ । १०–१५ दिनको अन्तरमा थ्रेडिङ आवश्यक परिरहन्छ । घरमै गर्ने या ब्युटिपार्लरमा, आफ्नै विचार । घरमा गर्दा केही कमजोरीले डन्डिफोर आउने तथा घाउ बन्ने पनि हुन सक्छ । आँखीभौँ छुटाउन वाक्सिङ सबैभन्दा उपयुक्त उपाय हो । तर, एकपटक वाक्स गरेपछि आँखीभौँ जोड्ने रहर फेरि गर्न पाउनु हुँदैन । यसैगरी, लेजर हेयर रिडक्सन विधिबाट पनि अनावश्यक रौँ फाल्न सकिन्छ । यो काम सौन्दर्य तथा छालारोग विशेषज्ञसँग गर्नुपर्छ । ब्लिच गरेर पनि फाल्न त सकिन्छ, तर नगर्नुहोस् । यसमा केमिकल हुने भएकाले छालामा असर पुर्‍याउँछ । ब्लिच गरेर फालेको रौँ फेरि उम्रिएर आउँदा निकै मोटो हुन्छ ।नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१