संविधान संशोधन गरेरै छाड्ने प्रचण्डको उद्घोष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०७३, बिहीबार ०७:४६

धनगढी,२३ मङ्सिर । प्रधानमन्त्री पुष्ष्पकमल दाहाल ‘प्रचण्डले’ संविधान संशोधन भएरै छाड्ने भन्दै त्यसपछि आफूले सक्दो चाँडै चुनाव घोषणा गर्ने बताएका छन् । ‘संविधान संशोधन प्रस्ताव फिर्ता हुँदैन, संसदबाट पास हुन्छ,’ कैलालीको धनगढीमा बुधबार सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै उनले भने ।
प्रचण्डले हिमाल, पहाड र तराईलाई एक ठाउँमा मिलाए देशलाई एकताबद्व गने प्रयास बिथोल्ने काम भइरहेको भन्दै एमालेप्रति आक्रोश व्यक्त गरे । ‘विगतमा एमालेले तयार पारेको प्रस्तावलाई नै सरकारले संसदमा दर्ता गरेको हो ।

कांग्रेसका तत्कालीन सभापनि कोइरालाले पनि हस्ताक्षर गर्नुभएको छ, एमाले अध्यक्ष ओलीले पनि ७ ठाउँमा हस्ताक्षर गर्नुभएको छ,’ उनले भने, ‘विरोधको औचित्य हुनुपर्छ । त्यही प्रस्ताव उनले तयार गर्दा राष्ट्रवादी हुने, मैले संसदमा लैजाँदा राष्ट्रघाती हुने रु’ संविधान कार्यान्वयन गरी निर्वाचनमा जानुपर्ने समयमा प्रमुख प्रतिपक्षीले अनावश्यक आन्दोलन गरिरहेको उनको आरोप थियो । आजको कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ ।

त्यसअघि बुधबारै दाङमा राप्ती नदीस्थित सिसहयिा–गाबरडिहा जोड्ने पुल शिलान्यास गर्दै प्र्रचण्डले संशोधन पस्ताव फिर्ता नगर्ने अडान व्यक्त गरे । ‘म प्रधानमन्त्री हुँदासम्म प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन,’ उनले भने, ‘तर आवश्यक परिमार्जन गर्न सकिन्छ । सबै दलहरुसँग छलफल गरी फेरबदल गर्न तयार छु ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१