म छिनछिनमा रुनुपथ्र्याे : कंगना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७३, बुधबार ११:४१

काठमाडौँ – कंगना रनावतले आफूलाई आफ्नै काम मन नपर्ने बताएकी छिन् । उनले फिल्ममा आफूले निर्वाह गरेका अधिकांश चरित्र मन नपरेको समेत खुलाएकी छिन् । हालै मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफूले चरित्रमा डुबेर निर्वाह गरेका भूमिका मन नपरेको बताएकी हुन् ।
‘चरित्रमा डुबेर अभिनय गर्दा आफूलाई त्यसमै ढाल्नुपर्छ । जसले गर्दा कतिपय अवस्थामा रियल लाइफमै ती चरित्र हावी भइदिन्छन् । त्यसैले मलाई यस्ता चरित्र मनपर्दैन ।’नयाँ पत्रिकाले छापेको छ ।
उनले वास्तविक चरित्रमा भन्दा काल्पनिक पात्रको भूमिका निर्वाह गर्दा आफूलाई आनन्द लाग्ने बताएकी छिन् । उनले ‘कट्टी बट्टी’ फिल्ममा आफूले निर्वाह गरेको चरित्रले आफूलाई धेरै पछिसम्म पनि डिस्टर्ब गरेको स्मरण गरिन् । ‘त्यो फिल्ममा म क्यान्सरपीडित बिरामी हुन्छु । मैले आफू मर्न लागेको दृश्यमा अभिनय गर्दै थिएँ । त्यतिवेला म छिनछिनमा रुनुपथ्र्यो ।

म यति रुनुपर्‍यो कि, लाग्यो कि मलाई साँच्चै क्यान्सर भएको छ, म मर्दै छु । यही सोचले मेरो मानसिकता र स्वास्थ्यमा पनि पछिसम्म पनि असर गर्‍यो ।’ कंगना अब छिट्टै नै फिल्म निर्देशनमा लाग्दै छिन् । त्यसकारण उनी आफूलाई हरेक तवरले तयार गरिरहेका बताउँछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०