उच्च रक्तचापको कारण र बच्ने उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७३, बुधबार ११:३३
काठमाडौँ । रक्तचाप १४०/९० भन्दा बढी भएका व्यक्तिले तुरुन्तै जीवनशैली परिवर्तन गरी आवश्यक उपचार गर्नुपर्छ । मधुमेह, मिर्गौला रोग, हृदयाघात भएका व्यक्तिले त रक्तचाप १३०/८० भन्दा बढी भएमा बिशेष ध्यान दिनु पर्छ । रक्तचाप १२०/८० वा सो भन्दा कम छ भने त्यो सामान्य रक्तचाप हो । उच्च रक्तचापले हृदयघात, स्ट्रोक, मुटु र मिर्गौलाले काम नगर्ने, आँखा ड्यामेज हुने भएकाले यसको समयमै उपचार गर्नुपर्छ । समयमै उच्च रक्तचाप पत्ता लगाएर नियन्त्रणमा लिन सकेमा धेरै हदसम्म यसबाट हुने क्षतिबाट बँच्न सकिन्छ । नेपालका शहरी क्षेत्रका १८ वर्षमाथिका २५ देखि ३० प्रतिशत व्यक्तिमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ ।
 
उच्च रक्तचापको कारण
– धूमपान
– सूर्ती सेवन
– रक्सी सेवन
– व्यायामको कमी
– मेटोपना
– भुँडी बढ्नु
– चिल्लो, नुनीलो खाना
– बढी क्यालोरी
 
बच्ने उपाय
– नुन र चिल्लो कम खाने
– नियमित व्यायाम गर्ने
– रक्सी सेवन कम गर्ने वा छाड्ने
– फाइवरयुक्त भोजन गर्ने
– फलफूल र सागसब्जी बढी खाने
– खाना कम खाने
– तौल नियन्त्रणमा राख्ने
– कार्बोहाइड्रेट कम खाने – स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१