स्तनपानले आमा र बच्चालाई हुने १८ फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७३, बुधबार ११:१४

काठमाडौँ । आमाको दूध बच्चाको लागि अमृत समान हो । यो बच्चाको लागि सबैभन्दा सुपाच्य हुन्छ । तर पछिल्लो समयमा आधुनिक महिलाहरुले बच्चालाई स्तनपान गराउने दरमा कमी आएको छ । चिकित्सकहरुका अनुसार आमाको बिगौती दूध शिशुका लागि पहिलो खोप हो । विभिन्न अध्ययन अनुसार स्तनपानका फाइदाहरु छन् :

 %e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%a8%e0%a4%aa%e0%a4%be%e0%a4%a8

१. बच्चालाई बिभिन्न रोगबाट बचाउछ ।
२. बच्चाको शारीरिक र मानसिक बिकास राम्ररी हुन्छ ।
३. आमालाई स्तन क्यान्सर हुनबाट बचाउँछ ।
४. बच्चा जन्माउन स्तनपान गराउँदा पाठेघर सामान्य अवस्थामा फर्कन मद्धत गर्छ ।
५. आमाको दूधले बच्चाको दिमागको पूर्ण विकास हुन्छ ।
६. आमाको डिम्बाशयको क्यान्सर कम गर्दछ ।
७. आमाको अनावश्यक तौल हुनबाट रोक्दछ ।
८. प्रसूती अवस्थामा भएको रक्तश्राव कम हुन्छ ।
९. बच्चालाई झाडापखालाबाट बचाउ“छ ।
१०. बच्चाको आन्द्राको बिकास गर्न सहयोग गर्छ ।
११. आमाको दूधमा बच्चाको लागि आवश्यक कार्बोहाइडे«ट, प्राटिन र चिल्लो पदार्थ पाइन्छ ।
१२. आमा र बच्चा दुबैलाई निन्द्रा लगाउँछ ।
१३. बच्चाको मृत्युदर कम हुन्छ ।
१४. बच्चाको दात र गिजाको पनि विकास गर्न मदत गर्दछ ।
१५. बच्चाको दात बलियो हुन्छ ।
१६. बच्चामा बोली छिटो आँउछ ।
१७. बच्चामा छाला रोगको संभावना कम हुन्छ ।
१८. आमाको महिनावारी गडबढ हुनबाट रोक्छ । -स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०