राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्थमन्त्री महराको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७३, बुधबार ०७:०८

काठमाडौँ, २२  मङ्सिर । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजस्व सङ्कलनको लक्ष्य भेट्टाउनका लागि सक्रियतापूर्वक आ–आफ्ना जिम्मेवारी पूरा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

चालु आर्थिक वर्ष २०७३÷७४ को प्रथम चौमासिक राजस्व समीक्षासम्बन्धी आजको बैठकमा अर्थमन्त्रीले सुरुका महिनामा राजस्व सङ्कलनको लक्ष्य पूरा भए पनि पछिल्लो महिनामा केही शिथिलता देखिएको हुँदा यसमा सक्रियता बढाउन निर्देशन दिनुभएको हो ।

अर्थ मन्त्रालयले चालु आवमा रु पाँच खर्ब ६५ अर्बभन्दा बढी राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । सोही अनुसार पहिलो चार महिनाको लक्ष्यको तुलनामा २९ दशमलव ६९ प्रतिशतले असुली बढी भएपनि कात्तिक महिनाको असुलीमा कमि देखिएको छ । कात्तिकमा रु ४१ करोड ८२ लाख राजस्व सङ्कलन हुनुपर्नेमा रु ४० करोड २९ लाख मात्र सङ्कलन भएको छ ।

अर्थमन्त्री महाराले राजस्वको दायरा बढाउनका लागि मन्त्रालयबाट कस्तो सहयोग आवश्यक पर्छ, त्यसको विषयमा सक्दो सहयोग गरेर अगाडि बढ्ने विश्वाससमेत दिलाउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०