स्वेच्छाले सम्बन्ध विच्छेद गर्दा सम्पत्ति नपाउने व्यवस्था हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७३, बुधबार ०७:११

काठमाडौँ ,२२ मंसिर । मुलुकी ऐनको प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पत्नीले स्वेच्छाले सम्बन्ध विच्छेद गर्दा सम्पत्ति नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
देवानी कानूनको संशोधन तथा एकीकरण गर्न बनेको विधेयक परिमार्जनका लागि गठित उपसमितिले अब ‘पति सम्बन्ध विच्छेदको कारक नभए’ सम्पति दिनु नपर्ने प्रावधान प्रस्ताव गरेको हो । मुलुकी ऐनमा पति र पत्नी छुट्टिदाँ सम्पति आधा÷आधा हुने व्यवस्था छ । उपसमितिले प्रस्ताव गरेको व्यवस्था विधायन समिति हुँदै संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि लागू हुनेछ ।
त्यस्तै उपसमितिले अब सम्बन्ध विच्छेदका लागि पतिले पनि अदालतमा मुद्दा दायर गर्न सक्ने प्रावधान प्रस्ताव गरेको छ । यसअघि पत्नीले चाहेमा मात्र सिधै अदालतमा मुद्दा दायर गर्न पाउने व्यवस्था रहेको थियो । पतिले भने गाविस वा नगरपालिका कार्यालयबाट मुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालय हुँदै अदालत आउनुपर्ने प्रावधान थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१