नेपालमा मिलेर बसेका जनतालाई प्रचण्डले अख्तियारको दुरुपयोग गरेर बिच्क्याउने काम गरेको एमालेको आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७३, बुधबार ०६:५७

काठमाडौँ, २२  मङ्सिर । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले सरकारले जनताको भावनाविपरीत संविधान संशोधन प्रस्ताव ल्याएको बताउनुभएको छ ।
संवाद क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव विष्टले पाँच नम्बर प्रदेशमा मिलेर बसेका पहाड र तराईका जनताको मिलेर बस्ने चाहनालाई तोडेर संशोधन प्रस्ताव ल्याउनु रहस्यमय विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संवैधानिक दायरा मिचेर ल्याएको संविधान संशोधनको प्रस्तावले देशमा संवैधानिक तथा राजनीतिक अराजकता पैदा गरेको छ ।” उहाँले संविधानको धारा २७४ को ४ र ५ ले रुपान्तरित संसद्लाई सीमा हेरफेरको अधिकार नदिएको दाबी गर्नुभयो ।

सचिव विष्टले नेपालको संविधान जनपक्षीय, लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी भएको दाबी गर्दै देशको अहित हुने गरी ल्याइएको संशोधन प्रस्ताव अविलम्ब फिर्ता लिएर चुनावको मिति घोषणा गर्न सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१