रौतहटमा ५१ विद्यालयको अस्तित्व समाप्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७१, शुक्रबार ०५:५०

प्रवीण अग्रवाल/ रौतहट, २ साउन । 

जिल्ला शिक्षा कार्यालय रौतहटले बुधवार ५१ वटा विद्यालयको अस्तित्व समाप्त गरेको छ । २०६४ साल यता दर्ता भएका २१४ सामुदायिक विद्यालयमध्ये ५१ वटा विद्यालयको अस्तित्व समाप्त भएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ ।deo rautahat (1)
जिल्ला शिक्षा समिति तथा विभिन्न पेशागत संघ संस्था संगठनका प्रतिनिधिहरु समिलित बैठकले ति विद्यालयको अस्तित्व समाप्त भएको निर्णय गरेका छन् । अस्तित्व समाप्त भएका विद्यालयहरुमध्ये ३२ वटा विद्यालयको अनुमति खारेजीको लागि र १९ वटा विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्नको लागि मन्त्रालयका सिफारिस गर्ने निर्णय गरेको छन् । २१४ विद्यालयमध्ये बाँकी रहेका १६३ वटा विद्यालयलाई यही श्रावण मसान्त भित्र खारेजी बन्द तथा समायोजनको लागि निवेदन दिने समय सिमा निर्धारण गरेको छ । मापदण्ड विपरीत तथा झोले छाप विद्यालयको रुपमा संचालन भएको व्यापक चर्चा भए पछि अस्तियार दुरुपयोग अनुसन्धान आयोग शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा क्षेत्रिय शिक्षा निर्देशनालय पटक पटक जिल्ला स्थलगत निरिक्षण गरि त्यस्ता विद्यालयहरुको अस्तित्व समाप्त अगाडि बढाउन गरिएको सिफारिस अनुरुप यो प्रक्रिया संचालन गरिएको जिल्ला शिक्षा अधिकारी अरबिन्द कुमार कर्णले बताएका छन् ।
खारेजीको लागि सिफारिस गरिएको
विद्यालयहरुको नामावली
१. निषाद प्रा.वि. टिकुलिया–७
२. अनमोल प्रा.वि. भेडियाही–१
३. प्रा.वि. दिपहि–१
४.ब्रहम प्रा.वि. सखुअवा–८
५. जनता प्रा.वि. भसेढवा–७
६. राम प्रा.वि. झौवा भसेढवा–७
७. शिव प्रा.वि. प्रेमपुर गोनाही–२
८.ज्ञानज्योती प्रा.वि. बिर्ति प्रस्टोका–७
९.प्रा.वि. लक्ष्मििनिया–३
१०.देव प्रा.वि. भिमडावर पिपरीया (दो.)–६
११.भगवति प्रा.वि. बिर्ति प्रस्टोका –८
१२.गणेश राजाराम प्रा.वि. फतुहा हर्षाहा–५
१३.दलित प्रा.वि. प्रेमपुर गोनाही–३
१४.ब्रहम प्रा.वि. फतेपुर बगहि –४
१५.प्रा.वि. पिपरीया परोहा–४
१६.बचन प्रा.वि. मर्यादपुर–१
१७.मदरसा सायरा राजपुर फरहदवा–३
१८.क्रान्ति प्रा.वि. जोकहा–४
१९.जनहित प्रा.वि. महुलिया मठिया–६
२०.सरस्वती प्रा.वि. बैरिया –६
२१.मदरसा वहिदिया राजपुर फरहदवा–५
२२.जामिया महमुदुल उल्लुमुलिला जटाहारा–४
२३.राजदेवी प्रा.वि. रामपुरखाप–४
२४.कन्या प्रा.वि. गरुडा बैरिया–७
२५.नया प्रा.वि. बिर्ता बसबिटि जिंगडिया–९
२६.लक्ष्मी प्रा.वि. हथियाही–२
२७.जनज्योती प्रा.वि. पिपरा रजवाडा–४
२८.प्रा.वि. गढो–४
२९.भगवति प्रा.वि. पचरुखी–८
३०.सामुदायिक प्रा.वि. मदनपुर–४
३१.राधाकृष्ण प्रा.वि. कटहरिया–६
३२.प्रा.वि. बसन्तपट्टि–७
समायोजनका लागि सिफारिस गरिएको विद्यालयहरुको नामावली
१. बिसमिल्ला प्रा.वि. राजपुर फरहदवा–४
२. प्रा.वि. पिप्रा रजवाडा–५
३. सरस्वती प्रा.वि. इनरवा–१
४.मा सन्तोषि प्रा.वि. लक्ष्मििनिया–१
५.कृष्ण प्रा.वि. भलोहिया–५
६.मदरसा इदादुल गौर–१३
७.अजाद प्रा.वि. भसेढवा–३
८.प्रा.वि. भसेढवा–६
९.इस्लाम प्रा.वि. सितलपुर–८, बाकेपुर
१०.जनज्योती प्रा.वि. पिप्रा रजवाडा–४
११.गणेश मेथुर चौधरी प्रा.वि. गरुडा बैरिया
१२.बालज्योती प्रा.वि. पिपरा पोखरीया –५
१३.बालकल्याण प्रा.वि. फतुहा हर्षाहा–२
१४.लक्ष्मी प्रा.वि. बिर्ति प्रस्टोका–९ बडेरवा
१५.देव प्रा.वि. पूर्व टोल कटहरिया–६
१६.प्रा.वि. घडारी टोला लक्ष्मीनिया दो.–९
१७.बिहानी प्रा.वि. लक्ष्मीनिया दो.–९
१८.सरस्वती प्रा.वि. सितलपुर–८
१९.महादेव प्रा.वि. कटहरिया–३

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१