अलैँचीको भाउ नपाएपछि किसान चिन्तित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७३, मंगलवार ०८:०१

%e0%a4%85%e0%a4%b2%e0%a5%88%e0%a4%81%e0%a4%9a%e0%a5%80गोरखा, २० मङ्सिर ।  अलैँची उत्पादन हुने जिल्लाको रुपमा पहिचान बनाएको गोरखामा यस वर्ष अलैँचीको भाउ नपाएपछि किसान चिन्तित भएका छन् ।
गतवर्ष किसानका घरघरै आएर व्यापारीले अलैँची किन्ने गरेकामा यसवर्ष अलैँची तयार भइसके पनि व्यापारी नआएपछि किसान चिन्तित बनेका हुन् ।

जिल्लाको हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोक, केराबारीलगायत गाविस अलैँचीको पकेट क्षेत्र मानिए पनि उत्पादन भएको अलैँची बिक्री नभएकोले किसानहरु चिन्तित देखिएका हुन्  । अलैँची उत्पादन बढदै गएको र प्रतिकेजी मूल्य बर्सेनि बढेपछि किसानले धान फल्ने खेत मासेर अलैँची खेती विस्तार गरेका थिए ।

गतवर्ष असोज, कात्तिकमै व्यापार हुने गरे पनि थोरै अलैँची फलेको यसवर्ष भने मङ्सिर तेस्रो हप्ता बितिसक्दा पनि अलैँचीको बिक्री हुन नसकेको किसानहरु बताउछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०