पृथ्वीको बीच भागमा १५७ औं रक्तदानः फरक अनुभुति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७३, मंगलवार ०७:५१

%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a5%81%e0%a4%a8 अर्जुन मैनाली, न्युयोर्क एक्वाडोर । विश्वका करिब ४० देशका बिरामीहरूले उपचार गर्न आवश्यक रगत सजिलै पाउँदैनन् । त्यसमध्ये दक्षिण अमेरिकाको एक्वाडोर पनि एउटा देश हो । त्यहा करिब ४० प्रतिशत बिरामीहरूले रगत पाउँदा रहेनछन । मैले तीन महिनाअघि अफ्रिकाको मलावीमा अगष्ट २०, २०१६ मा रक्तदान गरेको थिएँ । औलो प्रभावित देश गएकाले अमेरिकामा एक वर्षसम्म रगत दिन पाइँदैन । त्यसैले मैले पृथ्वीको बीच भागको एक्वाडोरका युवाहरूलाई रक्तदान गर्न हौसला प्रदान गर्न नोभेम्बर २२, २०१६ मा १५७ औं रक्तदान गरे । एक्वाडोर पुगेकै दिन नोभेम्बर २१, २०१६ मा राजधानी कुइटोको रक्तसंचार सेवामा गएँ । न्युयोर्कभन्दा कुइटो उच्च अल्टिच्युट स्थानमा रहेकाले मेरो ब्लड प्रेसर बढेर डाइसिश्टोलिक ११५ भएछ । रगत दिन १०० भन्दा कम हुनुपर्छ । न्युयोर्कदेखि एक्वाडोरका युवाहरूलाई रक्तदान गर्न उत्साहित गर्न आउनु र आफुले रक्तदान गर्न नपाउँदा धेरै खल्लो लाग्यो । सामान्यतया मेरो ब्लड प्रेसर हाइ नै छ । त्यसलाई नियन्त्रण गर्न हरेक दिन बेलुका ५० एम जी को मेटोप्रोलोल औषधि खाने गरेको छु । मन खिन्न पार्दै होटलमा बेलुकाको खाना खाइवरि करिब ९ बजेतिर सुत्न गएँ । रातको १२ बजिसक्यो निन्द्रा पर्दै परेन । त्यसपछि चिसो पानीले आधा घण्टा जति नुहाएपछि पुनः ओछ्यानमा गएँ । निदाउन आँखा बन्द गरे, तर सकिन । धेरै समयपछि बल्ल उज्यालो भयो । सात बजेतिर फेरी नुहाइवरि होटलको लवीमा बसें । अघिल्लो दिन रक्तसंचार सेवामा मलाई भाषाको समस्या परेको थियो । एक्वाडोरका मानिसहरूले स्प्यानिस भाषा बोल्छन । अंग्रेजी बुझ्दैनन् । त्यसैले एउटी दोभाषेलाइ २५ डलर तिरेर आधा दिनका लागि सहयोग लिई पुनः रक्तदान गर्न गएँ । त्यहा उपस्थित भएका युवा-युवतीहरूलाई आफ्नो रक्तदानबारे अनुभव सुनाउँदै मैले पनि १५७ औं पटक रक्तदान गरे । कार्यक्रमपश्चात करिब १ घण्टा टाढा पृथ्वीको मध्य भागमा रहेको एक्वाडोर लाइन र ल्याटिच्युट ०-०-० भएको स्थानमा गएँ । आफ्नो पाइला लाइनमा राखे । एक्वाडोरको मनुमेन्टमा एउटा तराजु रहेछ । त्यसमा मेरो तौल पृथ्वीको बिच भागमा १८३ पाउण्ड, नर्थ पोलमा १८५, चन्द्रमामा २९३ र सूर्यमा ५१३९ पाउण्ड हुने देखायो । मैले अब यो ब्रह्माण्डमा जाने ठाउँ र रक्तदान उत्प्रेरणा गराउन काहीं बाँकि रहेन। सबै ठाउँमा गरे; पृथ्वीको पश्चिम उत्तरी भाग अलाश्का, पूर्वी दक्षिणी भाग अष्ट्रेलिया, मध्य भाग एक्वाडोरसहित छ वटै महादेशका दशौँ हजारमा रक्तदान गर्न हौसला प्रदान गरेँ । त्यति मात्र होइन, आफ्नो शरीरको अमुल्य रक्तदान गरि ति ठाउँहरूका बिरामीहरूलाई बचाउन सहयोग पनि गरेँ । अर्को अर्थमा मेरो रगत र जिन संसार भरि फैलिएको जस्तो अनुभुती भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०