चुनाव नभए देश अस्थिरता जान्छ : राष्ट्रपति विद्यादेवी भण्डारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७३, मंगलवार ०७:३६

काठमाडौँ ,२१ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले चुनाव नभए देश अस्थिरता जाने दावी गरेकी छिन् । विरलै अन्तर्वार्ता दिने र राजनीतिक टीकाटिप्पणी नगर्ने राष्ट्रपति भण्डारीले सोमवार राष्ट्रपति कार्यालय शीतल निवासमा बीबीसी नेपाली सेवाकी रमा पराजुलीलाई दिएको अन्तर्वार्तामा चुनावको विकल्प नभएको बताइन् ।

%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a5%80-%e0%a4%ad%e0%a4%a3
‘चुनाव हुन्छ। त्यसको विकल्प छैन। त्यसले ठूलो राजनीतिक रिक्तता ल्याउँछ। र, झन् मुलुक अस्थिरतातर्फ जान्छ’, भण्डारीले भनिन्,‘ आमचुनाव र स्थानीय चुनाव गराउनुपर्छ।’

राष्ट्रपति भण्डारीले दह्रो खुट्टा टेकेर सरकार चुनावमा जानुपर्यो पर्ने बताइन् । ‘दह्रो खुट्टा टेकेर सरकार चुनावमा जानुपर्यो। सबैजना चुनावमा आउँछन्। सबैलाई कार्यकर्ता परिचालन गर्नुपरेको छ’, उनले भनिन् ।

राष्ट्रपतिले मधेश केन्द्रीत दल पनि चुनावमा आफुलाई विश्वास भएको बताइन् । ‘मलाई लाग्छ चुनाव नमान्ने कोही पनि छैन’, भण्डारीले भनिन्,‘ उनीहरुलाई झन् धेरै चुनावको आवश्यकता छ भन्ने म ठान्छु।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०