हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा केही दिन यता चिसो बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७३, सोमबार १३:२६

पोखरा, २० मङ्सिर  । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा केही दिन यता चिसो बढ्दै गएको छ । चिसो बढेसँगै जिल्लाका माथिल्लो भेगमा बस्ने सर्वसाधारण जाडो छल्नका लागि तलतिर झर्ने क्रम बढेको छ । मनाङको सदरमुकाम चामेमाथिका उच्च पहाडी भूभागमा यतिखेर तापक्रम ऋणात्मक सात डिग्री पुगिसकेको मनाङका प्रजिअ गञ्जबहादुर एमसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपल्लो मनाङमा पिसाङ, घ्यारु, ङावल, भ्राका, मनाङ, टङ्की मनाङ र खाङ्सार गाविस छन् । चिसोका कारण ठाउँ ठाउँमा पानी जम्न सुरु भइसकेको बताइएको छ ।%e0%a4%9a%e0%a4%bf%e0%a4%b8%e0%a5%8b-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b

उपल्लो मुस्ताङका स्थानीयवासी जाडो छल्न तलतिर आउने क्रम बढिरहेको मुस्ताङका स्थानीय विकास अधिकारी हरि बास्तोलाले जानकारी दिनुभयो । सदरमुकाम जोमसोममा यतिखेर बिहान तथा राति लगभग ऋणात्मक चार डिग्री सेन्टिग्रेड तथा उपल्लो मुस्ताङमा ऋणात्मक पाँच डिग्री सेन्टिग्रेड तापक्रम पुगेको बताइएको छ ।

उपल्लो मुस्ताङमा लोमान्थाङ, छोसेर, चराङ, छोनुप, घमी र सुर्खाङ पर्छन् । जाडो बढेसँगै मुस्ताङमा जाने पर्यटकको सङ्ख्यामा कमी आएको होटल सञ्चालक बताउँछन् । होटल ग्रान्ड साम्वालाका प्रोप्राइटर सुरज गुरुङका अनुसार मुक्तिनाथ क्षेत्रमा यतिखेर तापक्रम ऋणात्मक पाँच डिग्रीमा झरेको तथा धारामा पानी जम्ने क्रम सुरु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१