महिला बडी-बिल्डर ननिताले नेपाललाई दिलाइन् ऐतिहासिक सफलता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७३, सोमबार ०६:५६

%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%beनेपाली महिला बडी बिल्डर ननिता महर्जनले अन्तर्राष्ट्रिय बडी बिल्डिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता दिलाएकी छन्। उनले थाइल्यान्डको पटायामा आइतबार बेलुकी सम्पन्न ‘आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिप’ मा कास्य पदक जितेकी छन्। ३१ वर्षीय ननिता महिला ‘एथलेटिक फिजिक’ को १ सय ६५ सेन्टीमिटर उचाइमा सहभागी थिइन्।
उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै नेपाललाई पदक दिलाएकी हुन्। आफ्ना परिवारसहित थाइल्यान्डको पटायास्थित अम्बास्डर सिटी होटलको कन्भेन्सनल हलमा आयोजना भइरहेको यो प्रतियोगिता खेल्न यसै साता नेपालबाट गएकी ननिताले आफ्नो सफलता प्रति खुसी व्यक्त गरिन्। उनले आफ्नो सफलता घर परिवारको सहयोग र प्रशिक्षकको मेहनतले सम्भव भएको बताइन्।
सेतोपाटीसँग कुरा गर्ने क्रममा उनले भनिन्– ‘यो सफलताको खुसियाली म देशबासी, विशेषगरी सबै महिला दिदी–बहिनीमा समर्पण गर्छु।’
सात वर्षको छोराकी आमासमेत रहेकी ननिताले दुई महिनाअघि काठमाडौंमा अयोजना भएको महिला बडी(बिल्डिङको उपाधि जितेकी थिइन्। यो प्रतियोगिताका लागि उनले कडा मेहनत गरेकी थिइन्।
ननिताले फाइनलमा चाइनिज ताइपेईकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कास्य पक्का गरेकी हुन्। पाँच महिला बडी(बिल्डर समावेश स्पर्धा मंगोलियाकी गाम्बागा उगल्सेबेगले जितेकी थिइन्। रजत पदक भने उज्वेक बडिबिल्डर नुरायेभा येलेनाले जितिन्। सुन चौथो र एलेसान्ड्रा पाँचौं स्थानमा रहे।
यो पनि हेर्नुहोस्स्
विश्व बडीबिल्डिङ च्याम्पियनसिपमा पहिलो नेपाली महिला ननिता
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ननिताको सफलताले नेपाली शारीरिक सुगठनको इतिहासमा नयाँ अध्याय थपिएको बताए। अध्यक्ष श्रेष्ठले २०१७ को अक्टोबरमा मंगोलियामा हुने नवौं विश्व च्याम्पियनसिप तथा सोही वर्षको अगष्टमा दक्षिण कोरियामा हुने ५१ औं एसिायली च्याम्पियनसिपमा सहभागी गराउन ननितालाई विशेष तयारी गराउने बताए।
५ फिट ५ इन्च अग्ली ननिताको सबैभन्दा बलियो पक्ष ढाड, पेट र काँध हो। उनको ढाड ९ब्याक पार्ट० पुरुष बडी(बिल्डरभन्दा कम छैन। पेट ९एब्डोमिनल० पनि उत्कृष्ट छ। उनले यही स्पर्धाका लागि आफूले इच्छ्याएको खाना पनि खाएकी छैनन्। ‘मसल्स’ मा पर्ने असरका कारण बडी(बिल्डरहरूले प्रतियोगिता आयोजना हुनुभन्दा डेढदेखि तीन महिनाअघिबाट घरमा खाने खाना, गुलियो, अमिलो, पिरो र जंकफुड सबै त्याग गर्नुपर्छ।
ननिताको बडीबिल्डर बन्ने कहानी रोचक छ। उनी स्कुले जीवनमा बास्केटबल र भलिबल खुब खेल्थिन्। उनी कीर्तिपुरको मंगल माध्यमिक विद्यालयको भलिबलतर्फको कप्तान नै थिइन्। तर, जनमैत्री बहुमुखी क्याम्पस भर्ना भएपछि उनी खेलकुदबाट विस्तारै निस्क्रिय भइन्। क्याम्पस पढ्दै गर्दा उनको ९ वर्षअघि प्रेम विवाह भयो। बिहे गरेको दुई वर्षमा छोराको पनि जन्म भयो। यतिबेला उनको तौल अस्वभाविक रुपमा बढेर ७१ केजी पुग्यो।
बढ्दो तौल घटाउन उनले बीचका केही वर्ष योगाको पनि सहारा लिइन्। तर, सफलता हात नलागेपछि एरोबिक्स र जुम्बा ‘ज्वाइन’ गरिन्। यसबाट पनि फाइदा नभएपछि श्रीमानको सल्लाहले जीममा संलग्न भइन्। कालिमाटीस्थित डिभाइन जिममा तौल घटाउने क्रममा उनको शरीरको विशेषता बुझेपछि प्रशिक्षक रुजेश शाहीले उनलाई व्यवसायिक खेलाडीझैं शरीर बनाउन हौसाएका थिए। हाल उनको तौल ५५ केजीमा झरिसकेको छ।
तीन वर्षअघि आफ्नो तौल घटाउन जिमहल पुगेकी उनै ननिताले विश्व बडी(बिल्डङ च्याम्पियनसिपमा भाग लिने र कास्य पदक जित्ने पहिलो नेपाली महिलाको पहिचान बनाएकी छन्। सेतोपाटी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१