साच्सले भने चन्द्रागिरि हिल्स विश्वकै लागि राम्रो पर्यटकीय गन्तव्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०७३, सोमबार ०६:४३

काठमाडौँ ।  आर्थिक विकास र गरिबी बिरुद्धको लडाईका ज्ञाता भनेर चिनिने अमेरिकन अर्थशास्त्री एवं कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री डी. साच्सले चन्द्रागिरि हिल्स विश्वकै लागि राम्रो पर्यटकीय गन्तव्य भएको बताएका छन्। %e0%a4%9a%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%bf-%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b8

परिवारसहित चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका उनले चन्द्रागिरी हिल्सको पर्यटकीय पूर्वाधारबाट आफू अत्यन्तै प्रभावित भएको उल्लेख गरे।

यस क्षेत्रलाई नेपाल लगायत विश्वका पर्यटकहरुको पहुँचमा ल्याउन सफल भएकोमा कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको समेत प्रशंसा गरे। ‘यो हिल्सलाई जसरी विकास गरिएको छ, त्यसले विश्वका पर्यटकलाई पनि लोभ्याउँछ’ उनले भने।

विश्वविख्यात हावर्ड विश्वविद्यालयमा ३० वर्ष प्राध्यापनको अनुभव संगालेका साच्च संयुक्त राष्ट्र संघ ‘ सह्र शताब्दी विकास लक्ष्य’ का विशेष सल्लाहकार समेत भएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१