कोदो खेती लोप हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७३, आईतवार ०९:५४

बैतडी । जिल्लामा पछिल्लो समय कोदो खेती लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको हो ।%e0%a4%95%e0%a5%8b%e0%a4%a6%e0%a5%8b-%e0%a4%96%e0%a5%87%e0%a4%a4%e0%a5%80-%e0%a4%b2%e0%a5%8b%e0%a4%aa-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a5%88
कोदोलाई औषधिका रुपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रुपमा समेत लिइन्छ ।  कोदो अन्य बालीभन्दा लाभदायक भए पनि आकर्षण भने घट्दै गएको छ । सहरीकरणसँगै मान्छेमा अल्छिपना बढ्दै गएको छ ।
जिल्लाको चौखाम, थलाकडा, कुवाकोटलगायत क्षेत्रमा कोदोको खेती गरिँदै आएको छ । उच्च पहाडी भेगमा मुड्के र डल्ले, मध्य पहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिने कृषकको  भनाइ छ ।

मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ । परम्परागत रुपमै कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । सहरबजारमा कोदोको सुप बनाएर खाने गरिन्छ ।
कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी बनाइन्छ । जाडोयाममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदो बालबालिकाको लागि सबैभन्दा उत्तम मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१