बिदेशी नेपालीहरुको मताधिकार बारे एनआरएन बेल्जियमले गर्यो अन्तरकृया

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७१, बिहीबार १६:३५

बिष्णु सापकोटा , बेल्जियम । नेपाल सरकार निर्वाचन आयोगको योजना अनुसार गैर आवासीय नेपालीहरुका लागि मताधिकार सम्भाव्यता अध्ययन सम्बन्धी व्यवस्था बमोजिम गठित प्रारम्भिक अध्ययन अन्तर्गत निर्वाचन आयूक्त ईला शर्मा” संग एनआरएन ए बेल्जियमको आयोजनामा गैर आवासीय नेपाली हरुको नेपालमा मताधिकार सम्वधि बिषय एक अन्तरकृया कार्यक्रम गत बुधबारका दिन सम्पन्न गरेको छ । IMG_0958 (1) निर्वाचन आयोगले करिव पैतिस लाख नेपालीहरु बिदेशमा रहेका नेपालीहरुको मताधिकारलाई मध्यनजर गर्दै उनीहरुको पनि मतदाता नामावली लिस्टमा नाम संकलन गरी मतदानमा कसरी सहभागी गराउन सकिन्छ भन्ने प्रारम्भिक अध्ययन सुरु गरेको जानकारी गराईएको छ । यसलाई अध्ययन गर्न बनेको कार्य दलले यस पश्चात आफ्नो सुझाव निर्वाचन आयोग लाई बुझाउने कुरा आयोगकी अध्यक्ष शर्माले बताईन । नेपाल भन्दा बाहिर  देशमा बसोबास गरिरहेका नेपालीहरु बिशेष गरी मिडीलिष्ट तथा खाडी मुलुकमा साथै यूरोप, अमेरिकामा रहेका नेपाली हरुका बारेमा सुझाव संकलन गर्ने क्रम अगाडी बढेको बताईएको छ । IMG_0964यसै शिलशिलामा आयुक्त शर्माले कुनै पनि नेपाली नागरिक आफ्नो  मताधिकार बाट बन्चित हुन नपरोस भन्ने निर्वाचन आयोगको अभियान बारे अवगत गराउदै नामावली कसरी संकलन गर्ने, मतदान केन्द्र कसरी व्यवस्थित गर्ने र अन्तराष्ट्रीय स्तरमा कसरी यसको प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सुझाव संकलन सहित सल्लाह मागेकी थिईन ।

      छलफलमा एनआर एन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले कार्यक्रममा आयुक्त शर्मालाई स्वागत गर्दै प्रवासमा बस्ने नेपालीहरुको दोहोरो नागरिकता को बारेमा बिश्वब्यापी आवाज उठिरहेको बेलामा निर्वाचन आयोगले बिदेशमा बस्ने नेपाली हरुलाई पनि मतदानमा सभागी गराउने अभियान शुरुगरेकोमा निर्वाचन आयोगलाई बिषेश धन्यबाद सहित  यस सराहनीय कार्यलाई मुक्त कण्ठले प्रसंशा गरेका थिए । यसै क्रममा एनआरएन बेल्जियम यस अभियानका लागी सहयोग गर्न आतुर रहेको समेत बताए । एनआरएन बेल्जियमको तर्फ बाट पाच बुदा सहितको एक ज्ञापन पत्र आयुक्त शर्मा लाई बुझाईएको थियो ।
 कार्यक्रम अन्तर्गत सुझाव संकलन क्रममा नेपाली पासपोट बहाक लाई मात्र मताधिकार दिइने नभई बिदेशी नागरिकता लीइसकेकालाई पनि मतदानमा सहभागी कसरी बनाउन सकिन्छ भन्ने प्रश्नको समेत नीति गत रुमा छलफल हुनु पर्ने सुझाव समेत दिईएको थियो ।
    छलफलमा नेपाली राजदुता बासका  प्रथम सचिव कुमार खरेलको नेपाली राजदुतावासको तर्फ बाट बिशेष उपस्थिति समेत  रहेको थियो ।
    आफ्नो सुझाव दिने क्रममा आई सी सी सदस्य बरुवालले निर्वाचन आयोग लाई आफ्नो सुझाव दिएका थिए। साथै उनले यस्ता महत्वपूर्ण कार्यहरुमा नेपालीहरुको अभिभावकको रुपमा रहेको नेपाली राजदुतावासले दूतावासको संयोजनमा एनआरएन लगाएत अन्य संघ-सस्थाहरुको बिचमा यस्ता कार्यक्रम गर्नुको सट्टा अन्य संघ-सस्थालाई समेत बेवास्ता गरि छुट्टा छुटै कार्यक्रम गर्ने भनि परिपत्र गरेको र बेल्जियम स्थित नेपाली संघ-सस्था लाई एक आपसमा विभाजन ल्याउन खोजेको भनि कडा रोष व्यक्त गरेका थिए । साथै एनआरएन सधैव नेपाली राजदुतावास संग सहकार्य गरि नेपाली र नेपालका लागी हुने सकारात्मक कार्यक्रम गर्न तत्पर रहेको तर बिगत केहि समय देखी राजदुतावासले बेवास्था गर्दै आएको समेत चिन्ता जाहेर गरेका थिए 
  आ-आफ्ना सुझाव दिने क्रममा केन्द्रीय सल्लाकार यूवराज गुरुङ, आईसीसी सदस्य  शिव बरुवाल, जानकी गुरुङ, एनआरएन बेल्जियम सल्लाहकार सीता सापकोटा, बोधराज पौडेल, सी पी भट्ट, प्रवासी नेपाली संघका अध्यक्ष अर्जुन गुरुङ, पत्रकार दीपक ज्योति पौडेल लगाएत बिभिन्न संघ-सस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुले आ-आफ्नो सुझाव पेश गरेका थिए । कार्यक्रम महासचिव माधव सापकोटा संचालन गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१