श्वास नै मासिको जीवन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ मंसिर २०७३, शनिबार ०८:२४

मानव जीवनमा श्वासको महत्व सबैभन्दा बढी छ । श्वास नै मासिको जीवन, शक्ति तथा विभिन्न रोगबाट बचाउने औषधि पनि हो । अझ मानिसलाई धेरै सताउने उच्च रक्तचाप र श्वासको सम्बन्ध त घनिष्ट नै हुन्छ । अव्यवस्थित जीवनशैलीले अहिले उच्च रक्तचाप धेरै मानिसमा देखिने सामान्य रोगजस्तै हुन थालेको छ । चिन्ता, विक्षिप्तता, खानामा गडबडी, तनावका साथै मुटु, रक्तनलीमा कडापन, अनिद्रा, किड्नी र ग्यासको समस्याजस्ता कारणले रक्तचापमा वृद्धि हुन्छ । यस्ता विभिन्न कारण भए पनि योगका दृष्टिमा तनावको चाप बढ्नु नै रक्तचाप बढ्नुको प्रमुख कारण हो । टक्सिन, विषाक्त ग्यास, कार्बनडाइअक्साइडको वृद्धि र शारीरिक निष्क्रियताले तनाव दिन सक्छ । यस्तो समयमा रिंगटा लाग्ने, टाउको दुख्ने वा उठ्नै नसक्ने अवस्थामा पनि श्वास–प्रश्वासको प्रयोग गरी निर्मूल पार्न सकिन्छ ।yogaaa

विधि
उठेको, बसेको, सुतेको या हिँड्दाहिँड्दैको कुनै पनि अवस्थामा नाकले बिस्तारै लामो श्वास तानी भित्र भर्ने । श्वास भरिसकेपछि त्यो भित्र भरिएको श्वासलाई मुखबाट लामो गरी बाहिर निकाल्ने । यो क्रम आफूलाई आराम तथा हल्का महसुस नभएसम्म गरिरहने । यो प्रक्रिया हामीले पनि धेरैपटक प्रयोग गरिसकेका छौँ । तपाईंहरू पनि यसलाई एकपटक अपनाएर अनुभव गर्नुहोला । एकदम तनावमुक्त भई तन, मन लगाएर कार्य गर्दा अवश्य पनि आरामको महसुस गर्न सकिन्छ ।

योगी पूर्ण श्रेष्ठ महामृत्युञ्जय योग केन्द्र, गौशाला

योगी पूर्ण श्रेष्ठ
महामृत्युञ्जय योग केन्द्र, गौशाला

लाभ कसरी पाइन्छ ?
यो प्रक्रियाले तुरुन्त लाभ पाउन सकिन्छ । विभिन्न कारणले हाम्रो मस्तिष्क, मुटु, रक्तनलीमा अक्सिजनको अभाव हुन्छ । टक्सिन, विषाक्त ग्यास र कार्बनको अत्यधिक बृद्धि हुनासाथ रक्तचाप अचानक बढ्छ । यसलाई हामी हाई ब्लडप्रेसर भन्छौँ । यसले मुटुको समस्या मात्र नभएर प्यारालाइसिस, ब्रेन ह्यामरेजजस्ता समस्या पनि निम्त्याउन सक्छ । यिनै विषाक्त तत्व नै डिप्रेसन, माइग्रेन, पिनास, साइनस र अति निद्रा तथा अनिद्राको कारक तत्व हो ।

योगको भाषामा सम्पूर्ण ज्ञानेन्द्रियलाई भ्रमित, दिग्भ्रमित तथा पिनियल, पिट्युटरी ग्रन्थिको हर्मोनलाई नै विषाक्त बनाई जीवनशैली नै बर्बाद गराउँछ । यो सामान्य, सरल र श्वासको अभ्यासले जीवनमा आमूल परिवर्तन, सुधार र स्वास्थ्य विकास गर्न सहायकको काम गर्छ  । नयापत्रिका बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१