चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या दोब्बरले वृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०७३, शुक्रबार १०:५०

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ।  निकुञ्जका कार्यालयका अनुसार, गत आर्थिक बर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोहि अबधिमा दोब्बरभन्दा बढीले पर्यटक सङ्ख्यामा वृद्धि भएको हो। %e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8

गत आर्थिक बर्षको पहिलो चार महिनामा १८ हजार १३८ जना पर्यटक निकुञ्ज भित्रिएका थिए भने चालु आर्थिक बर्षको सोहि अबधिमा ३८ हजार ६०४ जना पर्यटक भित्रिएको छ ।

पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै राजस्वमा समेत वृद्धि भएको छ। चालु आवको चार महिनामा रु छ करोड ११ लाख छ हजार ४६० राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा दुई करोड ४९ लाख ३४ हजार मात्रै राजस्व सङ्कलन भएको थियो।

यस वर्षको कात्तिक महिनामा मात्र दुई करोड ३५ लाख ७९ हजार ४४ राजस्व सङ्कलन भएको छ । जुन गत आवको चार महिनाको राजस्व बराबर हुन आउँछ।

त्यसैगरी यस अवको असोजमा एक करोड ५० लाख ४२ हजार ५२८, भदौमा रु ९६ लाख ५२ हजार ५३ र साउन महिनामा रु एक करोड २८ लाख ३२ हजार ८३४ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१