श्रीमती र बहिनी लिएर १५ बर्षको उमेरमा घर छोडेका चित्र बहादुर रसाइलीको (जीवनी )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७३, बिहीबार ०६:११

%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%b2%e0%a5%80-%e0%a5%a7   सामाजिक अभियन्ता एवं व्यवसायी चित्र बहादुर रसाइलीको जन्म बि. सं. २०२० साल असोज महिनामा सिन्धुपाल्चोकको पाल्चोकमा भएको हो । ३ जना आमामध्ये जेठी आमाको सन्तानका रुपमा जन्मिएका उहाँको एकजना बहिनी छन् । उहाँको अन्य आमाहरुबाट गरी जम्मा ४ जना दाजुभाइ र २ दिदीबहिनी छन् । बाल्यकालदेखि नै दुःखसुख झेल्दै आएका रसाइली सानै उमेरमा बुवासँगै काठमाण्डौ आउनुभयो । उहाँको काठमाण्डौमै बस्ने,हुर्किने,पढ्नेक्रम रह्यो । स्कुले जीवनदेखि नै जातीय विभेद तथा थिचोमिचोप्रति असन्तुष्टि जनाउने रसाइलीको २०३३ सालमा तत्कालिन शिक्षामन्त्री लाल विश्वकर्मका भाइ टिआर विश्वकर्मासँग भेट भयो । उहाँ बाल्यकालमा बसोबास गरेको बौद्ध जोरपाटी क्षेत्रमा त्यसबेला सडक बढाडेर हिड्ने कुचीकारहरु खलखली पसिनाले भिजेका हुन्थे । नजिकै होटलबाहिर पानी खान जाँदा कुचीकारलाइ अलग्गै पानी खन्याइदिएको देख्दा उहाँलाइ अचम्म मात्र लाग्दैनथ्यो,भित्रभित्रै सामाजिक विभेदविरुद्धको नारा लगाउथ्यो मनले । त्यसबेला टिआर विश्वकर्मासँग त्यस्तो विभेदबारे सोध्दा हाम्रो देशको अवस्था र सामाजिक विभेद यस्तै हो भनेर निरास भएका देखेपछि उहाँलाइ चित्त दुख्थ्यो । दिनभरी दुःख गरेर खलखल पसिना बगाउनेहरु माथी नै यत्तिधेरै विभेद किन ? भन्ने प्रश्न उहाँको मनमा खेलिरहन्थ्यो । टीआर विश्वकर्माकै संगतबाट रसाइलीले राजनीतिक पाठ सिक्दै अघि बढ्नुभयो । वि. सं. २०३६ सालको जनमतसंग्रहमा उहाँले बहुदलको पक्षमा भूमिगत भएर लाग्नुभयो ।
बाल्यकालमा उहाँको कम बोल्ने बढी मेहेनत गर्ने स्वभाव थियो । दाजुभाइहरुले बदमासी गर्दै हिडेपनि उहाँलाइ त्यसो गर्न आउदैनथ्यो । सामाजिक क्षेत्रमा रुची बाल्यकाल देखि नै भएपनि उहाँले बुबा हजुरबुबाको पेशालाइ सहयोग गर्दै जानुभयो । दिउसो पढ्न जाने र बिहान बेलुका बुबाको सुनचादीको काममा सहयोग गर्ने उहाँको दैनिकी थियो । त्यसबेला ढुङ्ग्राको भरमा आगो फुकेर,कोइला तताएर सुनचाँदी गलाउने,पिट्ने काम गर्दै उहाँको बाल्यकाल अघि बढ्यो । बौद्ध महेन्द्र मा.वि.मा पढ्दै उहाँले अरुलाइ पढाउन थाल्नुभयो । बाल्यकालमा अर्थात सात बर्षकै उमेरमा उहाँले अन्य चार जनालाइ पढाउनुहुन्थ्यो । कक्षामा उहाँ पढाइमा उत्कृष्ट हुनुहुन्थ्यो ।
९ बर्षको उमेरमा उहाँ सिन्धुपाल्चोक गाँउमा फर्किनुभयो । अनौठो कथा जस्तो लाग्ने यथार्थ उहाँको बाल्यकाल देखिन्छ । उहाँले ९ बर्षको उमेरमा गाँउमा भ्वाइस प्रिन्सिपल भएर सरकारी स्कुलमा ३ बर्ष काम गर्नुभयो । त्यसबेला काठमाण्डौ आएर पढेर जाने कोही हुदैनथ्यो । गाँउमा अंग्रेजीको सामान्य भाषा जान्नेपनि कोही हुन्नथ्यो । त्यसैले उहाँ आफ्नो उमेरको ९ बर्षकै उमेरमा उहाँले अंग्रेजी भाषाका अक्षरहरु,खेलकुदका कुरा गाँउको स्कुलका विद्यार्थीलाइ सिकाउनुहुन्थ्यो । त्यहि विद्यालयमा पढ्ने र पढाउने गर्नुभयो ।
गाँउमा ३ बर्ष बसेर फेरि उहाँ काठमाण्डौमै फर्किनुभयो । त्यसपछि आमाको निधन भएपछि सौतेनी आमा अनि स्वयम बुवाले समेत आफ्नो प्रगतीमा बाधक बनेको रसाइली दाबी गर्नुहुन्छ । रसाइली बाल्यकालदेखि पढाइमा धेरै जान्ने भएकाले अघि नबढोस् भन्ने मानसिकताले स्वयम् उहाँकै बुबाले अनेक बाधा सिर्जना गरिदिनुहुन्थ्यो । अरुको भन्दा फरक बाल्यकाल र कहानी बोकेका रसाइलीले बाल्यकालमा धेरै काममा घोटिनुप¥यो । बुबाकै दबाबमा उहाँले १४ बर्षको उमेरमा विवाह गर्नुभयो । त्यसबेला उहाँ आफ्नी श्रीमतीसँग बोल्न,बस्न लजाउनुहुन्थ्यो । सौतेनी आमाले आफ्नी बहिनीलाइ हेला,दुव्र्यबहार गर्न थालेपछि उहाँलाइ असह्य भयो । त्यसपछि १५ बर्षकै उमेरमा श्रीमती र बहिनी लिएर उहाँ घरबाट निस्किन बाध्य हुनुभयो । जेला मजदुरी गर्दै रातको दुइ बजेसम्म काम गरेर उहाँले कलिलो उमेरमै आफुसहित ३ जनाको ज्यान पाल्ने हिम्मत कस्नुभयो । %e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%b2%e0%a5%80
आफ्नो जीवनमा स्वयम जन्मदाता बुबाको कहिले सकारात्मक र कहिले नकारात्मक भूमिका रहेको दाबी रसाइली गर्नुहुन्छ । उहाँले बहिनीलाइ पढाउदै जानुभयो । सिन्धुपाल्चोकमा ३४ सालमै मागी विवाह भएकाले लागेको ऋणपनि उहाँ आफैले त तिर्नुभयो त्यसमाथी विवाहको गरगहना बेचेर उहाँको बुबाले ३५ सालमा जोरपाटीमा जग्गा किन्नुभयो । तरपनि त्यो जग्गा उहाँको बुबाले भाइहरुलाइ मात्र दिनुभयो । आफ्नो जीवनमा जन्म दिनबाहेक बुबाले हरेक क्षेत्रमा असहयोग गरेको उहाँ बताउनुहुन्छ । ऋण मागेर पसल खोलेपछि बुबा फेरी आफुसँग मिसिएर आफैलाइ बुबाले निकालिदिएको उहाँ बताउनुहुन्छ । तथापी बुबासँग बोल्न नसक्ने,बुबाप्रति कसैले नराम्रो गरे बुबाकै पक्षमा लाग्दै रसाइलीले एउटा छोराको भूमिका निर्वाह गर्न चुक्नुभएन । आफुले पसल खोलेर बनाएका ग्राहकलाइ समेत बिथोलिदिने जस्ता काम उहाँको बुबाले स्वयम छोराप्रति गर्नुभयो ।

१५ बर्षको उमेरमा घरबाट निस्किएपछि श्रीमती र बहिनी पाल्न भनेर उहाँले गिल्टीको धुलो काकासँग मागेर गलाउनुहुन्थ्यो । त्यसबाट गिल्टीको हातमा लगाउने ब्रासलेट चुरा बनाएर बेच्नका लागि काठमाण्डौको मध्य बजार बजार घुम्नुहुन्थ्यो । पहिलोपटक बनाएको चुरा उहाँले ५० रुपैयामा बेच्नुभयो । त्यसपछि अर्कोदिन २ वटा अर्कोदिन त्यो भन्दाबढि गर्दै उहाँले व्यवसाय सुरु गर्नुभयो । त्यहि एउटा चुराबाट सुरु भएको उहाँको व्यवसायको अहिलेको सफलता,सामाजिक सेवाप्रतिको समर्पण र सहयोगी हृदय देख्दा एउटा अनौठो कथाको नायक जस्तो रसाइली देखिनुहुन्छ ।
जीवनको बाल्यकालदेखि नै दुःखसँग पौठेजोरी खेल्न बानी परिसकेका रसाइली आफ्नो जीवनमा रमाइलो गर्न, मायाप्रेम गर्न कुनै फुर्सद नभएको बताउनुहुन्छ । आफुलाइ व्यवसायीक सफलताभन्दा सामाजिक सेवा गर्दा बढि आत्मसन्तुष्टि मिल्ने बताउने रसाइली अहिलेपनि दीनदुःखीको सेवामा क्रियासिल हुनुहुन्छ ।
नेकपा एमालेबाट राजनीतिक जीवनलाइ समेत उहाँले अगाडी बढाउनुभयो । उहाँ दलित आन्दोलनबाट अगाडी बढ्नुभयो । रसाइली अहिले नेपाल उत्पिडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य एवं सिपकला पेशा विभागको उपप्रमुख हुनुहुन्छ । उहाँको १३ बर्षको उमेरदेखिकी जीवनसाथी अर्थात श्रीमतीको वि.सं. २०५० सालमा अचानक निधन भएपछि उहाँले केहि समयपछि दोस्रो विवाह गर्नुभयो । ६ महिनाकी छोरी र साढे २ बर्षको छोरो हुँदा जेठी श्रीमतीको निधन भएपछि बाध्य भएर अर्की श्रीमती ल्याएको उहाँ बताउनुहुन्छ । %e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%87%e0%a4%b2%e0%a5%80-%e0%a5%a8जेठी श्रीमतीबाट २ छोरा र २ छोरी भए भने कान्छी श्रीमतीबाट १ छोरा र २ छोरी छन् । पारिवारीक तनाव र अनेक आरोह अवरोहका बाबजुद पनि रसाइली सामाजिक विकृति र विभेदको अन्त्य गर्न विभिन्न अभियानमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१