यस आर्टिकल कि लेखिकाले कति झुट लेखिन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०७३, मंगलवार १८:३१

karnaम राधिका जोशी । मेरो घर महेन्द्रनगर नै हो म कर्ण बोहरा दाइ र ममता भाउजु संग लामो समय देखि परिचित छु । म दर्जनौ पटक कर्ण दाइको घरमा गएकि छु र दार्य पनि मेरो घर जानु भको छ । दाई भाउजु विरामी हुदा म अस्पताल नजाने कुरै भएन । मेरो दायित्व पनि थियो म दाई भाउजु भक्तपुर अस्पतालमा हुदा म करिब १५ दिन भाउजुको कुरुवा बसे । दाई संग पैसा नभएको होइन । कर्ण दाईले कति मानिस लाई बाटो देखाए कति कति लाई पाले कतिलाई काम लगाए त्यो कुरा दाईको अन्तिम संस्कारमा देशका कुनाकाप्चा बाट आएका शुभेच्छुकहरुको उपस्थितले पुष्टी गरेको छ । दाईको महेन्द«नगरमा जमिन छ, रुख रोपेको छ बेच्दा दुइ करोड सम्म फाइदा आउछ दाइले नै भन्नु भएको थियो । महेन्द्रनगरमा चलेको पश्चिम नेपाल दैनिक दाइ कै हो । पश्चिम नेपाल रेडियो दाइ कै हो तर उनलाइ गरिब भनेर काठमाण्डौकाले बद्नाम गरे । सत्य कुरा के हो भने दाइको बैंकमा पचासौ लाख थिएन १०, २० लाखले सबै उपचार सम्भव थिएन । सम्पति दाइले कमाए पनि सम्पति सामुहिक भनेर जोडनु भएको छ । देबकी जीले भने जस्तो सहयोग नभएको होइन दाईले भन्ने वितिक्कै हजार देखि लाख सम्म रुपया दाइको खल्तीमा हाल्नेहरु थिए । तर दाइले पैसा व्यवस्थित गर्न सक्नु भने भएन । यस भन्दा अघि कर्ण दाइले आफ्नो मुटूको उपचार भारत गरेका थिए त्याहा पनि ठुलो खर्च भएको थियो । अनुमान लगाउन सकिन्छ मध्यबर्गीय परिवारको व्यक्तिले बीस, तीस लाख रुपया भन्दा बढी खर्च एकै साथ कसरी गर्न सक्छ । तर कर्ण दाइलाइ गरिब भनेर चित्रित गरेको देख्दा लेख्नेहरुको अबस्था बुझन मन लाग्यो । कर्ण दाइ गरिब होइन सहयोगको आवश्यक्त भने अवश्य थियो र आज अझ बढी छ । देबकी जीले भने जस्तो पैसा दिन नभए अस्पताल नजाने हो भने दाइको शब अस्पतालबाट कसले उठाउथ्यो । के शब अस्पतालमै कुहिन दिने रु अनी ममता भाउजु लाई भाउजु हामी संग पैसा छैन पैसा विना साहानुभति दिनु गलत हो हजुर मरे मर्नुस भनेर मृत्युको शैयामा छोडर आउथ्यौ त रु भाउजुलाइ पैसा भन्दा हौसला को जरुरत थियो पैसा त हामी लाइ चाहिएको थियो किनकी भाएजु के खाने भनेर सोध्ने हामी थियौ , डाक्टरले यो औशधी ल्याउनुस भनेर औषधीको लिष्ट हामी लाइ दिएको थियो । भाउजु त दाइ संगै जाने यच्छा गरिराख्नु भाथ्यो हामी उनको इच्छाको विपरित थियौ । दाइको विदाइ पुर्व हामीले भाउजुलाइ एम्बुलेन्समा राखेश अन्तिम पटक दाइलाइ देखाउन भाउजुलाइ शिक्षणा अस्पताल लग्यो । दाइको अबस्था देखे पछि भाउजुलाइ सिधै शिक्षण अस्पतालको इमेरजेन्सीमा लैजानु परेको थियो । तर भाउजु होसमा आउदा हामीले सम्झायौ निरन्तर सम्झायौ ढाडस दिने शब्द रात भरि भाउजुलाइ शुनायौ अरु दुख पाएकाहरुको कथा सुनयौ त्यसै कारणले त आज भाउजु लाइ बाच्ने रहर पलायो । आज भाउजु ठिक भएपछि सासु लाइ पाल्ने समाज सेवा गर्ने भनिराख्नु भएको छ । अस्पतालमा मनकारीहरुको भिड छ । सबै भाउजुलाइ बचाउन चाहन्छन । सहयोगको आवश्यक्ता छ मरिसकेको मान्छेलाई दयाको पात्र नबाउ । काठमाडौंवाट सुदुरपश्चिम जाने हरेकले कर्णली पारी फोन गरेर कर्ण दाईलाइ नै फेन गर्थे सवैले । कर्ण दाइ साचिक्कै दानबीर थिए । सबैका पृय थिए तर विचरा थिएनन । यतिवेला भाउजु लाइ सहयोगको आवश्यक्ता छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१