अझै पुगेन विद्यार्थीको हातमा पाठ्यपुस्तक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७१, बिहीबार १३:०८

योगी योगेन्द्र

download (2)

संखुवासभा,१ साउन । संखुवासभाका विद्यार्थीको हातमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन् । जिल्लामा जनक शिक्षा सामग्रीका डिलरले पाठ्यपुस्तक भित्र्याए पनि विद्यार्थीको माग अनुसार नभई अनुमानका आधारमा पाठ्यपुस्तक भित्रयाउनाले पाठ्यपुस्तकको अभाव भएको छ। नयाँ शैक्षिक सत्र सुरु भएको ३ महिना बित्न लाग्दा पनि विद्यार्थीले अझै पुस्तक पाएका छैनन् । गत वर्षहरूमा पनि पुस्तक बिक्री नभएको र पूरा सेट नभएकाले घाटा बेहोर्नु परेको व्यवसायीहरु बताउछन् । १ देखि कक्षा ८ सम्म निजी प्रकाशनबाट पुस्तक ल्याइने र कक्षा ९ र १० का लागि जनक शिक्षाबाट पुस्तक ल्याइने गरिएको छ । समयमा पाठ्यपुस्तक नपाउदा विद्यार्थीहरुलाई अध्यनमा समस्या हुने गरेको अभिभावकहरु बताउछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०