बाल्यकालदेखिनै नेहरु,गान्थीका पुस्तक पढेर, राजनीतिकमा होमिए : पूर्वमन्त्री नारायण खड्का (जीवनी )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ मंसिर २०७३, सोमबार ०९:५४

People observing  NLHDA Real Estate Expo 2014 Organised by the Nepal Land and Housing Developer’s Association (NLHDA),at Bhrikutimandap, Kathmandu on thursday.This expo will continue till monday. POST PHOTO:PRAKASH TIMILSENA/KANTIPUR

पूर्व सहरी विकासमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नारायण खड्काको जन्म भोजपुरको दावा गाउमा वि. सं. २००५ सालमा भएको हो । संयुक्त परिवारमा माइलो सन्तानको रुपमा जन्मिएका कांग्रेस नेता खड्काको ४ जना दाजुभाइ हुनुहुन्छ तथा दिदीबहिनी भने १ जना हुनुहुन्छ । उहाँको दाजुभाइमध्ये जेठो र कान्छो काठमाण्डौमै हुनुहुन्छ भने साइलो भाइ उदयपुरकै चोहारेमा खेतीपाती काम गर्नुहुन्छ । उहाँ बाल्यकालमा साथीभाइसँग खेल्ने,सांस्कृतिक कार्यक्रममा भाग लिने गर्नुहुन्थ्यो । गाँउभरीमध्ये उहाँकै घरमा १५ सालतिर रेडियो किनिएको थियो । उहाँ भोजपुरमै घरबाट २÷३ घण्टा हिडेपछि मामाघर पुग्नुहुन्थ्यो । राजा महेन्द्रले १७ सालको काण्डपछि उहाँका मामालाइ जेल हालेपछि त्यहाँ राजनीतिक माहौल,भेटघाट हुनेगथ्र्यो । त्यसबाट पनि उहाँलाइ राजनीतिबारे बुझ्न मद्धत ग¥यो । पढाइमा मध्यम रहेका खड्का भावुक,जिज्ञासु स्वभाव थियो । घरमा बज्ने रेडियो,राजनीतिक माहौलकै मामाघरमा आउने राजनीतिक कार्यकर्ताको कुराकानी र त्यसबेला गाँउघरमा विपीको योगदान र व्यक्तित्वबारे हुने चर्चा नै पूर्वमन्त्री खड्काको बाल्यकालमै राजनीतिक पाठ सिकाउने गुरु बने ।
पहाडका मध्यमबर्गीय तथा उच्च मध्यम बर्गीय मानिसहरु सरकारी जागिर खाएर देशका विभिन्न क्षेत्रमा कार्यक्षेत्र बनाएर जाने गर्थे । त्यसबेला मधेसमा गर्मीको समयमा पहाडी मूलका मानिसहरु त्यति बस्दैनथे । जाडो समयमा भने दैनिक उपभोग्य सामान सस्तो मूल्यमा पाउने हुँदा पहाडी क्षेत्रका मानिसहरु मधेसतिर झर्थे । त्यसैक्रममा पूर्वमन्त्री खड्काका हजुरबुवादेखि नै मधेस पहाड आवतजावत गर्नेक्रममा उदयपुर पुगेका हुन् । खड्काको मामाघर मोरङमा हो । उहाँको मामाहरु पनि अत्यन्तै धनीमानी र समाजसेवी ठहरिएका थिए । खड्काको हजुरबुवा राणाकालमा बिराटनगरको मालपोत कार्यालयको सुब्बा हुनुहुन्थ्यो । तरपनि मोरङमा जग्गा नकिनी उहाँको हजुरबुवाले नातागोता भेट्न उदयपुर जानेक्रममा उतै जग्गा किन्नुभयो र आउनेजाने क्रममा उदयपुरमै बस्न थाल्नुभयो । करिब ४० बर्षदेखि भोजपुरमा पूरै जायजेथा बेचेर खड्का परिवार उदयपुरमा स्थायी रुपमा बसोबास गर्दै आएको छ ।
बाल्यकालमा पनि तराईतिर आउने जाने गरेपनि कांग्रेस नेता खड्काले भोजपुरमा माध्यामिक तहको पढाइ सकेर थप उच्च शिक्षा अध्ययनका लागि मोरङ बिराटनगरमा झर्नुभयो । त्यसबेला मामाघर बसेर पढ्दै उहाँले राजनीतिक क्षेत्रमा आफ्नो उपस्थिती जनाउन थाल्नुभयो । उहाँको मामा खड्गबहादुर कार्की पनि भोजपुरबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । उहाँको मामा कार्कीले समेत बि.सं. २००४ सालदेखि कांग्रेसमा हुनुहुन्थ्यो भने ७ सालको क्रान्तीमा पनि कार्कीले भाग लिनुभएको थियो । त्यसकारण पनि मामाघर राजनीतिक माहौल तथा भेटघाट गर्न आउनेजाने शुभचिन्तक कार्यकर्ता हुनेगर्थे भने त्यहि घरमा विद्यार्थीहरुको भेटघाट हुने गथ्र्यो । विद्यार्थी आन्दोलन मोरङ क्याम्पसमा सुरु हुन थालेपछि २ पटकसम्म पूर्वमन्त्री खड्का पक्राउ पर्नुभयो । त्यसपछि थप अध्ययनका लागि काठमाण्डौ आएका नेता खड्का विद्यार्थी आन्दोलनमा सक्रिय हुदै जानुभयो भने ३ पटक पक्राउ पर्नुभयो । त्यसबेला उहाँले कृष्णप्रसाद भट्टराइ किसुनजीलाइ जेलमा भेट्नुभयो । पटक पटक जेल पुगेका कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का कहिल्यै पनि आफ्नो लक्ष्यबाट बिचलित हुनुभएन । अझ जेलभित्रै किसुनजीलाइ भेट्न पाएपछि खड्कालाइ जेल नै राजनीतिक प्रशिक्षणकेन्द्र जस्तो लाग्न थाल्यो । त्यसबेला उहाँका समकक्षीहरु अर्जुननरसिंह केसी, रामशरण महत लगायत हुनुहुन्थ्यो । बाल्यकालदेखि नै नेहरु,गान्थीका विभिन्न पुस्तक पढेर,रेडियोबाट राजनीतिक समाचार सुनेर,विपीको जीवनी बुझेर उहाँ राजनीतिप्रति प्रेरित हुनुभएको हो । %e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%af%e0%a4%a3
विपीलाइ बनारसमा भेटेर फर्किएपछि उहाँ फेरी भेटेकै भरमा बिराटनगरबाट पक्राउ पर्नुभयो । त्यसपछि उहाँ लगायत अर्जुननरसिंह केसी,रामशरण महत लगायतले विभिन्न विद्यालयमा पढाउनुहुन्थ्यो । त्यसबेला पनि एकजना पञ्चायतकालका मन्त्रीलाइ लक्षित गरी कसैले बम हानेपछि फेरी उहाँ पक्राउ पर्नुभयो । त्यसपछि उहाँले भारतको पुनाबाट पिएचडी गर्नुभयो । एउटा अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिदै छानिएर उहाँ थप अध्ययन गर्न युरोपका विभिन्न क्षेत्रमा गएर बस्नुभयो । केहिबर्ष त्यहाँ बसेपछि २०४६ सालको आन्दोलन नेपालमा हुँदा पनि उहाँ आउनेजाने गर्नुभयो । सन् १९८९ मा उहाँले इलालियन् क्यानेडियन युवतीसँग विवाह गर्नुभयो । उहाँको श्रीमतीले समेत फिजिक्समा पिएचडी गर्नुभएको छ । अन्तराष्ट्रिय विवाह गरेपनि आफ्नो राजनीतिक सफलतामा श्रीमतीको पनि महत्वपूर्ण सहयोग रहेको खड्का बताउनुहुन्छ । उहाँको राजनीतिक संघर्ष, आरोह र अवरोहमा परिवारको ठूलो साथ छ ।
परराष्ट्र नीतिदेखि राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्ध र विभिन्न मामलामा जानकार रहेका खड्का ७ सालअघि नेपालको सम्बन्ध ब्रिटिस इण्डियासँग मात्र रहेको तैपनी राणाशासनमै भारत स्वतन्त्र हुनुअघि नै अमेरिकासँग सम्बन्ध कायम गरेको बताउनुहुन्छ । पछि एकपछि अर्को गर्दै मुलुकसँग नेपालको सम्बन्ध विस्तार हुदै गएको देखिन्छ । त्यसमध्ये छिमेकी मुलुकसँगको सम्बन्ध सधैँ सुमधुर तथा सुदृढ हुन आवश्यक हुने खड्का बताउनुहुन्छ । तर नेपालका कम्युनिष्टहरुले भारतलाइ बिस्तारबादीका रुपमा हेर्ने गरेको र त्यो पूर्वाग्रही भएको उहाँ बताउनुहुन्छ । नेपालकै राजनीतिक दलहरुबिच एकता र सहमति हुनसके कुनैपनि मुलुकले नेपालमाथी हस्तक्षेप,थिचोमिचो गर्न नसक्ने खड्का बताउनुहुन्छ ।
भारतले नेपाली भूमिमाथी अतिक्रमण गर्न चाहेको,हस्तक्षेप गर्न चाहेको भन्ने कुरा गलत रहेको बताउने पूर्वमन्त्री खड्काको भारतले त्यसो गर्नैनसक्ने धारणा छ । मधेसी मोर्चाको नाममा आएका विभिन्न मुद्धाहरु व्यक्ति मरेपनि मुद्धा कहिल्यै नमर्ने भन्दै यस्ता कुरा भुसको आगो भएकाले त्यसलाइ निभाउन आवश्यक रहेको उहाँको भनाइ छ । नेपालको आन्तरिक मामिला सुदृढ तुल्याउन शीर्ष नेताहरुले नै बेलाबेलामा खुट्टा कमाउने गरेकाले राष्ट्रिय एकतामा बेलाबेला संकट आइपरेको पूर्वमन्त्री खड्काको बुझाइ छ । पहाड र मधेसलाइ छुट्ट्याएर राज्य पूर्नसंरचना गर्नुपर्छ भन्ने अडान नै गलत रहेकाले मुलुकको निकासका लागि नेपालको नयाँ संविधानप्रति असन्तुष्ट पक्षहरुले पनि राष्ट्रिय हितलाइ केन्द्रबिन्दुमा राखेर सहमतिका लागि प्रयत्न गर्नुपर्ने पक्षमा खड्का हुनुहुन्छ ।
नेपालका कांग्रेस,एमाले तथा नेकपा माओवादी केन्द्रदेखि अन्य राजनीतिक दलहरुबिच राष्ट्रिय मुद्धामा सहमति हुन आवश्यक रहेको तर त्यसो हुन नसके नेपालको राजनीतिक संक्रमण झनै लम्बिन सक्ने उहाँको बुझाइ छ । २०७४ माघसम्म सबै तहको निर्वाचन गरेर संविधान कार्यान्वयनलाइ मजवुत बनाउनुपर्ने वाध्यतालाइ बुझेर,समयसिमालाइ ध्यान दिदै दलीय सहमतिमा विभिन्न निकायको निर्वाचन हुनुपर्ने खड्काको धारणा देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१