पर्यटकिय क्षेत्र ठमेल :यौन अखडा बन्दै !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०७३, आईतवार ०८:२२

besyaकाठमाडौँको ठमेल क्षेत्रस्थित नरसिंह चोकमा एउटा साँघुरो गल्ली छ ।

गल्लीको मुखैमा रुट्स बार छ भने गल्लीको कुनामा गोर्खाली खाजाघर छ ।  रुट्स बार र गोर्खाली खाजाघरको बीचैमा अर्काे रेस्टुरेन्ट छ – रक्स बार एन्ड क्याफे ।

दायाँ–बायाँका यी दुई रेस्टुरेन्ट राति १०/११ बजे बन्द हुन्छन् तर रक्स बार रात–दिन खुला रहन्छ ।

imagesग्राहकको आवतजावत भइरहन्छ ।  पहिलोपल्ट त्यस गल्लीभित्र पस्ने कसैले पनि रक्स बारमा ग्राहकको ओइरो लाग्नुको रहस्यबारे खासै चाल पाउँदैनन् ।  केही समयको बसाइपछि रहस्य थाहा पाउँछन् र कुतूहल मेट्न त्यहाँ छिर्छन् ।

अन्य रेस्टुरेन्टको तुलनामा त्यहाँ खाजा, नास्ता ताजा र मीठो नपाइए पनि सस्तो मूल्यका केही मदिरा र ‘लोकल’ रक्सी भने सहजै उपलब्ध हुन्छ ।  मदिरा ‘सर्भ’ गर्नका लागि प्लास्टिकका कप प्रयोग गर्ने गरिए पनि ग्राहकको भीडभाड हुनेगर्छ ।  रक्स बारनजिकै उभिएका ठमेलका होटल व्यवसायी राजन श्रेष्ठ एक अपरिचित व्यक्तिसँग कुरा गर्दै भन्र्दै हुनुहुन्थ्यो, “पैसा कमाउन यस्तो घीनलाग्दो काम पनि गर्नुपर्ने रहेछ !”

yaun-dhandaठमेल क्षेत्रमा राति १२ बजेसम्म मात्र रेस्टुरेन्ट, क्याफे, पसल तथा बार सञ्चालन गर्न पाइन्छ तर यो रेस्टुरेन्टका लागि भने समयको बन्देज रहेको देखिँदैन ।  साँघुरो र अँध्यारो गल्लीभित्र उकुसमुकुसलाग्दो घरको भुइँतलामा रहेको यो रेस्टुरेन्टको दुई तलामाथि आराम गर्न मिल्ने ‘बेड’ छन् ।  रक्स बार रेस्टुरेन्ट हो कि होटल ? कसैले पनि सजिलै दिने जवाफ हो– यौन अखडा ! १८ वर्ष उमेर नकटेकी जस्ता लाग्ने चार युवती पालैपालो तलमाथि ओहोरदोहोर गर्छन् ।  ती घरि तल झर्छन्, घरमाथि चढ्छन्, अनि केही समय फुत्त हराउँछन् ।  लहरै उभिएका ग्राहक उनीहरूकै प्रतीक्षामा पालो पर्खेर बसेका हुन्छन् ।

काउन्टर अगाडि ग्राहकसँग रकम लेनदेन हुन्छ ।  उनीहरू पालैपालो माथि चढ्छन् ।  युवती अलिपछि कागजको पोको बोकेर जान्छन् ।  उनीहरूलाई काउन्टरबाट कागजले पोको पारेको गोप्य वस्तु सर्वसाधारणले नदेख्नेगरी दिइन्छ ।  त्यो वस्तु हो– कन्डम । देहव्यापारका कारण त्यस रेस्टुरेन्टमा ग्राहकको भीड लाग्ने गरेको सर्वसाधारणको भनाइ छ ।  त्यो गल्लीमा रक्स बारलगायत दुईवटा रेस्टुरेन्ट र चार वटा मसाज पार्लर पनि यौन अखडाका रूपमा रहेका छन् ।  ती अखडाबाट युवती आलोपालो सट्टापट्टा हुनेगर्छन् ।  त्यहाँको राजधानी नामक मसाज पार्लरमा देहव्यापार हुनेगरेको थाह पाएपछि घरधनीले नै बन्द गरिदिएका छन् ।  स्टाफ (युवती) र व्यापार नपाएको भन्दै सञ्चालकले नै एभरेस्ट नामक रेस्टुरेन्ट बन्द गरिसकेका छन् ।

ती अखडामा नियमित रूपमा हुने गतिविधिबारे प्रहरी कर्मचारी पूर्ण परिचित रहे पनि केही प्रहरीको संलग्नताका कारण छापा मार्ने र पक्रने काम शून्य नै छ ।  केही मसाज पार्लरमा प्रहरीले पटक पटक छापा मारेर पक्राउ गरे पनि धेरैजसो धरौटी र तारेखमा छुट्ने गरेका छन् ।  त्यस रेस्टुरेन्टमा भने प्रहरीको आँखा पुगे पनि नदेखे जस्तो गरेर हिँड्ने गरेको पाइएको छ ।  नजिकैको एउटा ट्राभल्सका सञ्चालकले आक्रोशित हुँदै प्रश्न गरे, “प्रहरी नै पहरेदार भएपछि कसले छापा मार्ने, अनि कसले पक्रने ?”

imagesठमेलको यौन धन्दालाई सोह्रखुट्टेका प्रहरीको ‘पकेट मनी’ ठान्ने ती ट्राभल्स सञ्चालक भन्छन्, “ती बन्द गराएपछि कतिपयको रोजीरोटी नै चल्दैन, त्यसैले पैसा नदिनेलाई मात्र पक्रन्छन् उनीहरू । ”हप्ता दिनअघि मात्र सर्वसाधारणले गुनासो गरेपछि रक्स बारका सञ्चालकलाई पक्रेजस्तो गरेर बिहान छाडिदिएको उनले जानकारी दिए ।  रक्स बारका सञ्चालकले भने ५० हजार रुपियाँ बुझाएर छुटेको जानकारी आफ्ना व्यावसायिक साझेदारलाई दिएका थिए ।

ती सञ्चालकले सोह्रखुट्टेबाट सरुवा भएका एक प्रहरी नायब निरीक्षक (सई) लाई त्यहीँ थमौति गर्न ५० हजार लगानी गरेको र अर्का सईलाई २५ हजार सापटी दिएको जानकारी आफ्नै साथीलाई दिएका छन् ।  सर्वसाधारणको बाक्लो ओहोरदोहोर हुने यो गल्लीमा अवैध गतिविधि सञ्चालन हुँदा अन्य रेस्टुरेन्ट तथा होटल व्यवसायी समस्यामा परेका छन् ।  रक्स बारमा लाग्ने ग्राहकको भीडले गल्ली नै दुर्गन्धित बनेको गुनासो पर्यटन व्यवसायीहरूको छ ।  कतिपयले यस गल्लीलाई ‘बम्बे गल्ली’ समेत भन्ने गरेका छन् ।

04669140_20071120स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार देहव्यापारका लागि विदेशीसमेत आउने गरेको बताइएको छ ।  एक पटक रमाइलो गर्न विदेशी ग्राहकसँग आठदेखि १० हजार र नेपालीबाट पाँच हजार रुपियाँसम्म लिने गरेको बताइएको छ ।  यसरी प्राप्त भएको रकमको ५० प्रतिशत युवतीलाई र ५० प्रतिशत सञ्चालकले लिनेगरेको बताइन्छ ।

“हाम्रो त परिवारले नै यस्तो दुःख गरेर खानुपरेको छ”, एउटा खाजाघरकी सञ्चालिकाले भन्नुभयो, “तर गल्लीमा फोहोरी मान्छे बस्न थालेपछि निकै समस्या भएको छ ।  प्रहरीलाई खबर ग¥यो, उल्टै पैसा खाएर छाड्छन् । ”रक्स बारका सञ्चालक पक्राउ परेलगत्तै छुटेको सम्बन्धमा सोह्रखुट्टेस्थित महानगरीय प्रहरीवृत्त प्रमुख प्रहरी नायब उपरीक्षक सोमेन्द्र राठौरले दीपक नामक व्यक्तिबाट सञ्चालित यौन अखडामा छापा मारेर कारबाही गरिएको जानकारी दिनुभयो ।  उहाँले कारबाही गरिएको भनिएका व्यक्ति भने त्यही रेस्टुरेन्टमा ग्राहक फकाइरहेका थिए ।

24ठमेलमा जटिल समस्याका रूपमा रहेको देहव्यापार सञ्चालनमा प्रहरीको नै प्रत्यक्ष संलग्नता हुनथालेपछि यसको नियन्त्रण पनि चुनौतीपूर्ण बन्दै छ ।  सामान्य व्यवसायलाई राति ११ बजेभित्र जबरजस्ती बन्द गर्न लगाउने प्रहरी देहव्यापारका अखडा भने नदेखेजस्तो गरेर हिँड्ने गरेको आरोप छ ।  देहव्यापारलाई कतिपयले आकर्षक आम्दानीको सजिलो माध्यम बनाउँदै आएका छन् ।  कतिपय मसाज, स्पा, रेस्टुरेन्ट एवं खाजाघरमा कामदारका रूपमा युवती राखेर यौन व्यवसाय सञ्चालन गर्नेहरूको ठमेलमा सञ्जाल नै रहेको छ ।

जब साँझ पर्छ ठमेलमा उन्माद् पोखिन्छ 1
जब साँझ छिप्पिदैं जान्छ अनेकन फुलको बगैचा जस्तो ठमेलमा क्षेत्रमा जब साँझ पर्छ मधुर प्रकाशयुक्त उन्मादले आफै तरङ्ग पैदा गर्छ । समयसँगै मान्छेको जिवनशैलीमा पनि निक्कै परिवर्तन आएको छ । जसले काठमाडौंको रात्रिजिवनलाई निक्कै प्रभाव पारेको छ । पछिल्लो दिन यहि प्रभाव पोखिने महत्वपुर्ण ठाँउ बनेको छ ठमेल । जब साँझ पर्छ अनि ठमेलका होटल रेष्टुरेण्ट दोहोरी र डिस्को छताछुल्ल पोखिन्छ थाल्छ ।

दिनभर आफ्नै पेशाव्यसायमा व्यस्त यूवायूवती आजकल राजधानीका क्लब र डिस्कोहरुमा पुगेर खानपान र मनोरञ्जन लिने गरेको छन । जहां खुसी, माया प्रेम र बैश फक्रिएको छ । समयसँगै मान्छेको खानपिन र रमाईलो गर्ने विधिविधानमा पनि असाध्यै बदलाव आएको छ । यहि कारण राजधानीका होटल रेष्टुरेण्ट र क्लबहरुले यूवायूवतीको ध्यान तान्ने विभिन्नखाले स्किम बनाएर ग्राहकहरुलाई आर्कर्षित गर्ने गरेका छन ।

नेपालीहरु बाहिर जाने र बिदेशीहरु नेपाल आउने क्रमले नेपाली खानपिन र मनोरञ्जनको क्षेत्र थप व्यापक बन्दै गईरहेको बताउनुहुन्छ ठमेल पर्यटन परिषदका अध्यक्ष समिर गुरुङ । खानामा आएको यहि व्यापकताले टिपिकल नेपाली खाना ढिडों र गुन्द्रुक फेरी रोजाईमा पर्दैछन् । भारतीय, चाईनिज, पाकिस्तानी र पश्चिमा खानाका परिकारको माग पनि कमी छैन । तर नेवारी खानाका स्वादले अझै लोभ्याउने गरेको छाम्मले रेष्टुराँकी मेलिना श्रेष्ठको बुझाई छ ।

hqdefaultआर्थिक रुपमा सम्पन्नता र बढ्दो खुलापनका कारण खानाका मात्रै होर्ईन मनोरञ्जन र यौनका प्यासीहरुको पनि ठमेलमा उस्तै भिड लाग्ने गरेको छ । जो ठमेलका डान्स दोहोरी र क्लवहरुमा आफैले लगेका पार्टनरसँग छिल्लिने मात्रै होइन सडकमै च्याँखे थापेर बस्नेहरु पनि कमि छैनन ।

कस्सिदोँ साझसँगै गजल, दोहोरी, डान्सबार र पबमा बज्ने संगितले सडक झुमेका बेला यौनका झण्डै ३ सय ग्राहक ठमेलकै सडकमा घुमेका भेटिन्छन । यहि अनुपातमा ठमेलका सडक चोकमा यौनकर्मी पनि बस्ने गरेको ठमेल क्षेत्रमा ट्याक्सी चलाउनेहरु बताउँछन । तर पछिल्ला दिन ठमेलका होटल रेष्टुरेण्टहरुभित्रै यौनकर्मी राखेर धन्दा चलाउने बढेकाले सडक पातलिदैं गएको आरोप पनि व्यवसायीमा लाग्ने गरेको छ । तर होटल व्यसायीहरु भने यो कुरा स्विर्कादैनन । तर सडकमै ‘नयाँ नयाँ माल छ भित्र जाँऊ’ भन्नेहरु भने कम छैनन ।

यिनैले सडकमै २ हजारले पाईने यूवतीको ५ हजारसम्म ठट्याउने गरेको आरोप लगाउनेहरु बताउँछन । यि त नेपालका कुरा तर ठमेलमा चीन कोरिया जापान अमेरिका र अष्ट्रेलियाका यौनकर्मिहरु सक्रिय छन भन्ना अचम्म नमाने हुन्छ । पैसाका लागी सक्रिय चाईनिज यूवतीसँगै रहरले यूरोप र अमेरिकाका यौनकर्मी छिरेको तथ्य धेरैपटक बाहिरिएको छ ।

दैनिक कारोबारमा ठमेल12
ठमेलमा मात्रै झण्डै ३० हजार व्यासाय संञ्चालनमा छन । यो सङख्या हरेक दिन बढिरहेको अनुमान छ । साना ठुला गरि ३ हजार जति होटल रेष्टुरेण्टहरु छन भने यहि सङ्ख्या पर्यटन सम्बद्ध काम गर्ने अन्य व्यापार व्यवसायहरु । आजको गोरखापत्रमा खबर छ ।

दैनिक ५० करोडमाथीको कारोबार हुने ठमेलमा ३० हजार बढिले प्रत्यक्ष अप्रत्यक्ष रोजगार पाईरहेको ठमेल पर्यटन विकास परिषदका पूर्व अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ बताउनुहुन्छ । ३० हजार व्यवसायीको कर्मथलो ठमेलमा राम्रो व्यापारमात्रै होईन । चरम वेश्यावृतिकोे अखडाको रुपमा पनि उपमा पाएको छ । यसबाहेक ठमेलमा मदिरा सेवन र यौनधन्दाका कारण दैनिकजसो लुटपाटका घटनापनि हुने गरेका छन । तर ठमेल क्षेत्रमा प्रहरीले सुरक्षाभन्दा आंतक सिर्जना गर्ने गरेको आरोप लगाउने व्यसायी पनि कमि छैनन । नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक गणेशराज पौडेल भने यो आरोपको खण्डन गर्नुहुन्छ । ‘हामीले कानुनको पालना गराउने र शान्ति सुरक्षाको प्रत्याभुत गराउने काम हो । यसो गर्दा आंतकित बनायो भन्नु गलत हो’ नायव निरिक्षक पौडेलको भनाई थियो । साभार -हामीले  news24nepal.tv बाट लिएका हौ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१