ऊ बेला दुइ छाक टार्न धौधौ हुन्थ्यो मेरो परिवारलाई (लालबाबु पण्डित जीवनी )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०७३, बिहीबार ०४:२५

lalbabupanditपूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबावु पण्डितको जन्म विं सं २०१५ मंसिर १९ गते सर्लाहीको धनगडा गाविस ६ मा भएको हो । एक दाजु र एकजना दिदीका कान्छा भाइ पूर्वमन्त्री पण्डित गरिव किसान परिवारमा हुर्किनुभएको हो । दुइ छाक टार्न धौधौ पर्ने परिवारमा जन्मिएका पूर्वमन्त्री पण्डितको परिवारले गुजारा चलाउन पैतृक सम्पती समेत बेच्नु परेको थियो । उहाँका दाजुले बुढामावलीमा बसेर पढ्दै ओभरसियर पास गरेर जागिर खान थालेपछि भने पारिवारिक समस्या विस्तारै टर्दै गयो भने पूर्वमन्त्री पण्डितले दाजुकै सहयोगमा बाँकी पढाइ अगाडी बढाउनुभयो । हुन त एकदेखि पाँच कक्षासम्मको किताव एकैचोटी पढेर पास गरी ६ कक्षादेखि पाल्पाको तानसेनस्थित एक पब्लिक हाइस्कुलमा पढ्नुभयो । उहाँले पाल्पाबाटै २०३१ सालमा एसएलसी पास गर्नुभएको हो ।
उहाँको बाल्यकाल खेतवारी जोत्ने हलीहरुलाइ खाजा पु¥याउन जाने,आँप बगैचा रुघेर बस्ने,गुच्चा खेल्ने,डण्डीबियो खेल,भाडाकुटी खेल खेल्दै बित्यो । कक्षाकोठामा पनि टप फाइभ भित्रै हुदै उहाँले औपचारिक शिक्षालाइ अगाडी बढाउनुभयो । पहाडी मूलका विद्यार्थी साथीहरुको बिचमा पढ्दैगर्दा उहाँले केहि विभेद समेत सहनुप¥यो । एसएलसीपछि सर्लाही घर फर्किएपछि उहाँ एक महिनाजत्ति विरामी पर्नुभयो । त्यसपछि झापाको भद्रपुर गएका पण्डित थप अध्ययनका लागि काठमाण्डौ आउनुभयो ।  lalbabu-pandit
काठमाण्डौको थापाथलीस्थित थापाथली क्याम्पसमा इन्जिनियरिङ पढेर सर्टिफिकेट तहसम्मको पढाइ सकेर बालाजु यन्त्रशालामा काम गर्नुभयो । जहाँ उहाँविरुद्ध राणा थरका जेनरल म्यानेजरले हेपाहा प्रवृत्तिले राजिनामा दिन दवाव दिएपनि पण्डित स्वयम्ले राणाविरुद्ध बद्लाको भावनामा नजानिदो किसिमले त्यहाँको मजदुर समुहको सभापति बन्नुभयो । त्यसपछि उहाँलाइ भेदभावको व्यवहार गर्ने जेनरल म्यानेजरलाइ नै त्यहाँबाट हटाउन सफल हुनुभयो । ३५÷३६ सालको आन्दोलनमा समेत सक्रिय हुदै पण्डितले पब्लिक एड्मिनिट्रेसन विषयको घरमै स्वअध्यन गर्नुभयो भने त्यसपछि पटक पटक जेल पर्नुभयो । जेलबाटै परिक्षा दिदै पास गरेका पण्डितले पास गर्न बाँकी एउटा विषय सांसद भइसकेपछि त्रिचन्द्र क्याम्पसमा गएर परिक्षा दिएर पास गर्नुभयो । उहाँले विं संः २०४० सालदेखि २०४६ सालको भदौ १६ गतेसम्म भूमिगत जीवन विताउनुभयो ।
काठमाण्डौमा जागिर गर्दैगर्दा पटक पटक पक्राउ पर्ने,वारेन्ट जारी हुनेक्रम बढ्न थालेपछि उहाँ भूमिगत हुनुभएको हो । औधोगिक क्षेत्रको नेपाल स्वतन्त्र मजदुर युनियनको सभापति बनेका पण्डितले अहिलेको एमाले निकट मजदुर संगठन जिफन्टको आफ्नै कोठाबाट स्थापना गर्नुभयो र संगठन विस्तारमा लाग्नुभयो । तत्कालिन पार्टी महासचिव मदन भण्डारीले मजदुर क्षेत्रमा मात्र नभइ पार्टीमै लाग्नुपर्छ भन्ने सुझाव दिनुभएको र पार्टीमा जिम्मेवारी दिनुभएको पण्डित बताउनुहुन्छ । त्यसपछि भण्डारीकै व्यवस्थापनको सहयोगी बन्दै पण्डित राजनीतिमा अघि बढ्नुभयो ।
३ पटक पक्राउ परेका पण्डितले करिब १३ महिना जेल जीवन बिताउनुभएको छ । सेन्ट्रल जेल,भद्रगोल जेल तथा हनुमान ढोका सबै जेलको चिसो छिडीको अनुभव उहाँसँग छ । पटक पटक गरी करिब १३ महिना जेल बस्दा समेत उहाँले पुलिसको एक थप्पड समेत सहनुपरेन । पुस – माघको चिसो छिडीमा जेलभित्र निकै कष्टप्रद दिनहरु विताइरहँदा बाच्दिन होला भन्ने स्थिती पनि उहाँलाइ आउने गथ्र्यो । १३ महिना जेल पर्दा समेत प्रहरीको एक थप्पड नखाएका र गाली समेत नखाएका पण्डितलाइ कुनै सोधखोज नगरी सिधै पुर्जी थमाइदिन्थे । ३ पटक हनुमान ढोकामा राख्दा २ पटक एक्लै राख्दा बढि पिडा भएको पूर्वमन्त्री पण्डित बताउनुहुन्छ । अरुसँग सम्पर्कबिहिन बनाइ मानसिक रुपमा विछिप्त बनाउने आफुमाथी प्रयास भएको उहाँ बताउनुहुन्छ । minister-of-general-administration-lal-babu-pandit-825x415
भूमिगत समयमा संगठित सदस्य हुदै बहुदलीय व्यवस्थाको घोषणा हुँदा उहाँले पूर्वी मोर्चा सम्हाल्नुभयो । बहुदल आइसकेपछि पहिलोपटक नेपालमा कम्युनिष्ट पार्टी विराटनगरमा उहाँहरुले खोल्नुभयो । विं सः २०४४ सालमा मोरङ जिल्ला कमिटी त्यसपछि अञ्चल कमिटी हुँदै केन्द्रिय कमिटीमा पण्डित आउनुभयो । अहिले उहाँ एमालेको पोलिटब्युरो सदस्य हुनुहुन्छ भने एमालेको नवौँ महाधिवेशनमा उहाँ उपाध्यक्ष पदमा केहि मत अन्तरले पराजित हुनुभयो । उहाँले ३ पटक मोरङबाट चुनाव लड्नुभयो । २०४८ सालमा जित्नुभयो,५१ मा हार्नुभयो र मोरङको सुकुम्बासी आयोगको अध्यक्षमा रहनुभयो भने २०५६ सालमा फेरी चुनाव जित्नुभयो । २०६४ सालमा आइपुग्दा आफुले पहिले जितेको चुनावी क्षेत्र २ वटा क्षेत्रमा बाढिएकाले आफु प्रत्यक्ष नउठेपनि समानुपातिक रुपमा उहाँ सांसद बन्नुभयो । अहिले उहाँ एमालेको राजकीय मामिला विभागको प्रमुख हुनुहुन्छ ।
पार्टीले सरकारमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्न पठाएपछि उहाँले बफादारी देखाउनुभयो र सामान्य प्रशासनमन्त्री भएपनि चर्चित र लोकप्रीय हुनुभयो । निजामती सेवा ऐन २०४९ को चौथो संशोधन गराइ उहाँले ४ वटा कुरामा आमुल परिवर्तन ल्याउनुभयो । जून राष्ट्र र जनताको पक्षमा छन् । जसअन्तर्गत विशिष्टिकरण अर्थात जो जून विषयको ज्ञाता छ,ऊ त्यहि विषयको सचिव बन्न पाउने व्यवस्था भयो । अर्को निजामती कर्मचारीलाइ राष्ट्रप्रति समर्पित गराउन कुनै मुलुकको डिभी पिआर लिन नपाउने, डिभी पिआर पाउनका लागि निवेदन समेत दिन नपाउने,दिए जागिर जाने ऐनमा उल्लेख गरियो । त्यो अवस्थामा कि एता कि उता रोज्ने व्यवस्था गरियो । अर्को सरकारी जागिर खानेले नीजी क्षेत्रको जागिर खान नपाउने व्यवस्था लागु भयो । त्यस्तै विदेश पढ्न जाने सरकारी कर्मचारी उतै बस्ने प्रवृत्ति रहेकाले पढ्न गएको मानिस उसको पढाइ सकेको ३० दिनभित्र नेपाल फर्किनुपर्ने नभए जागिर जाने प्रावधान पण्डितले ल्याउनुभयो ।
पार्टीलाइ अगाडी बढाउन र राजनीतिमार्फत समाज रुपान्तरण गर्न केन्द्रित पण्डितले आफ्नो जीवन र परिवारबारे खासै सोच्न भ्याउनुभएन । किनकी उहाले ४४ बर्षको उमेरमा विवाह गर्नुभयो । lalbabu-pandit-bimala-mahatमेर छँदा खासै प्रेम सम्बन्धमा ध्यान नदिएका पूर्वमन्त्री पण्डितले अन्तत पार्टीकै नेता साथीहरुको आग्रहमा र सहयोगमा अन्तरजातीय विवाह गर्नुभयो । अहिले उहाँको एकजना छोरी हुनुहुन्छ । पारिवारीक सुखशान्तीका साथ सहयोगपूर्ण पारिवारिक वातावरणका साथ उहाँले आफ्नो ढल्किदै गरेको उमेरमा पनि उत्तिकै जोस जाँगरका साथ राजनीतिक संक्रमणलाइ चिर्दै राष्ट्रनिर्माणको अभियानमा उहाँ क्रियासिल हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१