सत्यमान लामाको डाक्टर बन्ने सपना पछि गएर व्यवसायतिर यसरि मोडियो (जीवनी )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७३, बुधबार ०७:४०

lama-12युवा समाजसेवी एवं व्यवसायी सत्यमान लामाको जन्म काभे्रेको ठूलोपोर्सेल गाउँमा २०३७ सालमा भएको हो । धुलिखेलबाट ४० किलोमिटर टाढा पर्ने ग्रामिण इलाकामा उहाँको जन्म भएको हो । ४ जना दाजुभाइमध्ये माइलो सन्तानको रुपमा उहाँ जन्मिनुभयो । उहाँको दिदीबहिनी हुनुहुन्न । बिकट क्षेत्रमा जन्मिएका लामाको बाल्यकाल पहाडी एवं कृषिपेशा गर्ने समाजमै हुर्किएको हो । त्यसबेला उहाँ सुनकोसी नदिमा माछा मार्न जानुहुन्थ्यो । विद्यालय जाने भनेर बिचमै खेलेर बस्ने,बाख्रा चराउन जाने गर्नुहुन्थ्यो । परिवारले विद्यालय जानुपर्छ भनेर दवाव दिएपनि जर्वजस्ती जाने त कहिले नजाने गर्नुहुन्थ्यो । क्यारेमबोर्ड खेल्ने,गुच्चा खेल्ने साथीभाइसँग कुस्ती खेल्ने जस्ता क्रियाकलापबाट उहाँले बाल्यकाल बिताउनुभयो ।  satyaman-1

सामान्य परिवारमा हुर्किएका लामा आफ्नै मेहेनत र संघर्षबाट अहिलेको स्थितीमा आउनुभएको हो । खान लाउन दुःख नहुने मध्यम बर्गीय परिवारका लामाको बुबा ट्राभल एण्ड टुरिजम क्षेत्रमा काम गर्नुहुन्थ्यो । बुबाको कार्यक्षेत्र मन पराएर स्वयम उहाँले पनि करिब १४ बर्ष ट्राभल एण्ड टुरिजम चलाएर ट्रेकिङ अफिस चलाएर बस्नुभयो । अहिले उहाँ व्यवसायीक रुपमा सफलताका साथ अघि बढ्दै हुनुहुन्छ । बाल्यकालमा आफुसमानका साथीसँग चकचक गर्ने,जुध्ने स्वभावका लामा कक्षा ८ सम्म प्रथम हुनुभयो । पढाइमा राम्रो गर्दै अघि बढेका लामाको सोचाइ व्यापारतिर गएपछि पढाइ बिस्तारै पछि पर्दैगयो । विद्यालयको छुट्टीको समयमा ट्रेकिङ जाने गर्नुहुन्थ्यो । उहाँले बि.सं. २०५५ सालमा एसएलसी पास गर्नुभयो । उहाँले सगरमाथा,अन्नपूर्ण र मनास्लु क्षेत्रमा गरी ३ चोटी ट्रेकिङ गर्नुभयो । त्यसपछि आफै नै ट्रेकिङ अफिस खोलेर अरुलाइ जागिर दिने सोच उहाँले बनाउनुभयो । ट्रेकिङमा जाँदा बिदेशी पाहुनाहरुको टेन्ट टाँग्ने,भारी बोक्ने गर्दा उहाँलाइ अरुको झोला बोकिदिने भन्दापनि आफै ट्रेकिङ अफिल चलाएर बस्ने सोच आयो । ट्रेकिङमा जाँदा जोखिम भएपनि आँट आउने लामाको अनुभव छ । बाल्यकालमा डाक्टर बन्ने सोच भएपनि पछि परिस्थितीले व्यवसायी बनायो । बाल्यकालको सोच र पछिको सोच धेरै परिवर्तन हुने बताउने लामाको व्यापारमा सफल हुन्छु भन्ने सोच थियो । साथै सामाजिक सेवामा लाग्ने सोच पनि आयो । बाल्यकालको सपना र मस्तिष्क तंङ्ग्रिदै गएपछि आउने सपना आकाश पाताल फरक हुनसक्छ,किनकी बाल्यकालमा देखेको,सुनेको भरमा सपना अपनाइन्छ तर बुझ्ने भइसकेपछि अगाल्ने सपना केवल विपनाको सपना हुन्छ । जसरी लामाको डाक्टर बन्ने सपना पछि गएर व्यवसायतिर मोडियो
गाँउघरमा उकाली ओराली,घाँसदाउरा खासै नगरेका लामाको बाल्यकाल पारिवारीक मायामोह र सुखसयलमै हुर्किएको हो । विद्यालयस्तरमा खासै प्रेमको प्रस्ताव कसैले नगरेको र अरुलाइ पनि प्रस्ताव नगरिएको उहाँ बताउनुहुन्छ । किङ महेन्द्र ट्रस्ट नामक संस्थामा रिसर्च एसिस्टेन्ट भएर काम गर्नुभयो र धेरै अनुभव प्राप्त गर्नुभयो । त्यसपछि डब्लु डब्लु एस नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थामा आवद्ध हुदै अगाडी बढ्नुभयो । उहाँको विवाह भएको अहिले ७ बर्ष भयो । उहाँले २७ बर्षको उमेरमा प्रेम विवाह गर्नुभएको हो । अहिले उहाँको श्रीमती र दुइ छोरासहित ४ जनाको परिवार छ । आफ्नो जीवनको संघर्षको क्रममा अहिले आएर सोचेभन्दा बढी सफल भएको उहाँ बताउनुहुन्छ ।lama

समस्याविहिन विश्व संस्था नेपाल नारा दिएर उहाँ डब्लुडब्लुएस मार्फत समाजसेवामा हुनुहुन्छ । सो संस्थाले विशेषगरी शिक्षा र स्वास्थ्यक्षेत्रमा काम गर्ने गरेको छ । सो संस्थाले काभ्रेका १० वटा गाविसमा शिक्षा र स्वास्थ्यक्षेत्रमा योगदान दिदै आएको छ । लामाकै पहलमा सो संस्थाले काभ्रेमा सुविधासम्पन अस्पताल बनाउने योजना अघि बढाइरहेको छ । अहिले २५ शैयाबाट सुरु गरेर ६ बर्षभित्र १ सय बेड शैयाको अस्पताल बनाउने र पछि त्यसलाइ मेडिकल कलेजको रुपमा विकास गर्ने उहाँको लक्ष्य छ । ताइवानबाट सञ्चालित संस्था डब्लु डब्लु एसले विद्यालय,स्वास्थ्य क्षेत्रको भौतिक संरचना बनाइदिने,मर्मसम्भार गरिदिने,दुर्गम र गरिबीयुक्त समाजमा चर्पी बनाइदिने जस्तो काम गरिरहेको छ । त्यस्तै भूकम्पका बेला पनि सो संस्थामार्फत लामाले प्रभावित क्षेत्रमा पुगेर पिडितलाइ राहत वितरण गर्नुभयो । १ सय ३ वटा राष्ट्रमा शाखा रहेको सो संस्थाबमा लागेर लामाले नेपालका विभिन्न क्षेत्रमा समाजसेवा गर्न मद्धत गर्नुभएको छ ।

उहाँले अहिले आफ्नै विभिन्न संस्था दर्ता गरेर नेपाल र विदेशबाट सामान ल्याउने लैजाने जस्ता काम गरेर व्यवसायीक जीवन अगाडी बढाइरहनुभएको छ । बिदेशीसँग व्यापार गर्दा सहज हुने उहाँको अनुभव छ । व्यवसायको सफल बाटो हिड्दै गरेका लामाले दाँयाबाया नहेरी बाटैबाटो अघि हिडे छिट्टै व्यवसायीक सफलता चरमचुलीको तहमा पुग्छ तर उहाँलाइ जीवनमा पैसा कमाउनुमात्र छैन,पैसाको अभावमा दुखेका अरुका घाउमा आफुले सक्दो मल्हमपट्टि लगाउनुछ । satyaman
समाजसेवा र व्यवसायीक जीवनमा अतिव्यस्त लामाको जीवनमा राजनीतिप्रति खासै रुची छैन । विभिन्न राजनीतिक दलमा आवद्ध हुँदा निश्चित व्यक्ति आफ्नो हुने र अरु विपक्षीपनि हुने भएकाले बरु सामाजिक संस्थाबाट नै सबैको सेवा गर्न र सबैको प्रीय बन्न रुचाउनुहुन्छ । मुलुकको राजनीतिक अस्थिरताले गर्दा पनि व्यापार व्यवसाय तथा सामाजिक काममा समेत समस्या उत्पन्न हुने लामाको अनुभव छ । यसर्थ मुलुकको राजनीतिले निकास पाएर आर्थिक विकासमा अघि बढ्नसके नेपालप्रति अन्तराष्ट्रिय समुदायले हेर्ने दृष्टिकोण समेत धेरै राम्रो बन्दै जाने उहाँको भनाइ छ । हेर्दा भर्खर २५ बर्षे युवाजस्तो देखिने लामा उमेरले त्यो भन्दा ११ बर्ष अघि पुगिसक्नुभएको छ । तर कलिलो अनुहार देखिने लामाको दिमाग भने निकै छिप्पिसकेको छ । त्यसैले उहाँको संघर्षको यात्रामा कतै कलिलोपन भेटिन्न । परिपक्वता पाइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१