८ जना दिदीहरुपछि नवौ सन्तानका रुपमा जन्मिएका पूर्वमन्त्री ढकालको (जीवनी)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७३, मंगलवार ०७:२१

dhakal-1पूर्वमन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष तथा सांसद एकनाथ ढकाल गोरखाको बोर्लाङ गाविस वडा नम्बर ६ मा जन्मिनुभएको हो । नेपालकै पहिलो प्रधानमन्त्री भिमसेन थापा जन्मिनुभएको गाउँ बोर्लाङमा ढकाल जन्मिनुभयो । ऐतिहासिक गोरखाको ऐतिहासिक गाँउ बोर्लाङमा संयुक्त परिवारमा हुर्किएका ढकालका ८ जना दिदीहरुपछि नवौ सन्तानका रुपमा जन्मिएका ढकालका १ जना भाइ पनि छन् । धेरै छोरीहरुपछि जन्मिएका उहाँ बा–आमाका साथै दिदीबहिनीको बिचमा धेरै माया ममतामा हुर्किनुभयो । सानो उमेरमा पूर्वमन्त्री ढकाललाइ उहाँका दिदीहरुले भूइमा राख्नै दिदैनथे । परिवारमा धनमाथीको रातीगेडी जस्तो प्यारो सन्तानको रुपमा उहाँ हुर्किनुभयो । धेरै माया र स्याहारसुसारमा हुर्किन पाएको उहाँको वाल्यकाल हो । छोराको आशाले छोरीहरु जन्माइरहँदा आफु जन्मिने अवसर पाएको बताउने ढकालका आमा ८१ बर्षको उमेरमा हिड्दै हुनुहुन्छ भने वुवाको भने स्वर्गारोहण भइसकेको छ ।   eknath-dhakal
बाल्यकालमा चञ्चले स्वभावका ढकाल एकैठाँउमा बस्न रुचाउनु हुन्नथ्यो । पूर्वमन्त्री ढकालले सानो उमेरदेखि नै समाजका विकृती,विसंगती,छुवाछुत तथा परम्परावादी सोचप्रति चासो राख्दै परिवर्तनको विचार विजारोपण गर्नुभयो । कतिपय संस्कार कानुनबाट उन्मुलन भएपनि व्यवहारमा अझै छन् । त्यस्ता सामाजिक तथा सांस्कृतिक विभेद उहाँलाइ बाल्यकाल देखि नै पटक्कै मन परेन । विभेदपूर्ण संस्कारको अन्त्य गर्दै समतामुलक समाजको निर्माण गर्ने विचार आफुलाइ बाल्यकाल देखि आएको उहाँको दाबी छ । ब्राम्हण तथा मध्यम वर्गीय परिवारमा हुर्किएका पूर्वमन्त्री ढकाल आफ्नो जीवनमा संघर्ष,दुःखका थुप्रै उदाहरण रहेको बताउनुहुन्छ । किसान परिवारमा हुर्किएका ढकालको बाल्यकाल सुखसयल नै भएपनि कतिपय अवस्थामा पैसाको अभाव महसुस गर्नुहुन्थ्यो । वाल्यकालदेखि नै वतृत्वकला,वादविवादमा भाग लिदै पुरस्कृत हुदै अन्य साहित्यिक लेखनमा रुची राख्दै ढकाल हुर्किनुभयो । ४ कक्षासम्म घरबाटै चट्टी बोकेर विद्यालय गएका ढकाल पढाइमा पनि अग्रपङ्तीमै आउनुहुन्थ्यो । वुवाको स्वर्गारोहण हुँदा १५ बर्षको उमेरमा हिड्दै गरेका ढकालले वुवाको क्रियाकर्ममा बसेको कोराबाट सेतो कम्बल बेरेर १ घण्टाको बाटो हिडेर एसएलसी पूर्वतयारी टेष्ट परिक्षा दिनुभयो । जून नौलोपनले त्यसवेलाको समाजलाइ उहाँले क्रान्तीकारी झलक दिनुभएको थियो । सानै उमेरमा वुवाको निधनपछि पारीवारिक जिम्मेवारी सम्हाल्नु परेकाले विद्यालय तहसम्मको उमेरमा कसैको प्रेम सम्वन्धमा नपरेको बताउने पूर्वमन्त्री ढकाल विद्यालय पढाइ सकेर जव पोखरामा क्याम्पस पढ्न जानुभयो, त्यसपछि भने उहाँको क्याम्पसको जीवनमा एक सयभन्दा बढी युवतीहरुबाट प्रेम आयो । तर उहाँले कुनै प्रस्तावलाइ गम्भिर रुपमा लिनुभएन । वुवाको निधनपछि घरबाट विवाह गर्न धेरै दवाव आएपनि उहाँले त्यसलाइ स्विकार गर्न सक्नुभएन । क्याम्पस पढ्दै गर्दादेखि युनिभर्सल पिस नामक अन्तराष्ट्रिय अभियानमा लाग्नुभयो । त्यहि अभियानका क्रममा उहाँ फिलिपिन्स जानेक्रममा त्यहिबाट सम्वन्ध सुरुवात भइ अन्तरजातीय र अन्तराष्ट्रिय विवाह गर्नुभयो । उहाँको अहिले ६ जना छोरीहरु छन्dhakal-090800

गैर राजनीतिक पृष्ठभूमिका ढकालले पार्टी स्थापनाको छोटो समयमा नै संविधानसभा तथा व्यवस्थापिका संसदको सदस्य हुदै २ पटक मन्त्री बन्ने अवसर पाइसक्नुभएको छ भने राष्ट्रिय राजनीतिमा ढकाल नेतृत्वको नेपाल परिवार दलको छुट्टै प्रभाव छ । हुन त उहाँका जिजुबाजे कुलानन्द ढकाल तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहका बडागुरु तथा दरबारका मुल गुरु हुनुहुन्थ्यो भन्ने भनाइ छ । पृथ्वीनारायण शाहले नेपालको एकिकरण गर्नेक्रममा पनि ढकालकै जिजुबाजेसँग सरसल्लाह लिने गरेको भन्ने इतिहास छ । सानै उमेरमा ब्रतवन्ध गर्नुपर्ने,धोतीपाटो फेर्नुपर्ने संस्कारबाट हुर्किएका पूर्वमन्त्री ढकालले यस्ता परम्परा र प्रचलनलाइ पूरै नकारात्मक रुपमा लिनुहुन्न । यद्यपी आफ्नो संस्कारको नाममा अरुलाइ विभेद गर्ने,मान्छेले अर्को मान्छेलाइ छुट्टै दर्जाको मानेर विभेद गर्ने परम्पराप्रति भने उहाँ कहिल्यै सन्तुष्ट हुन सक्नुभएन ।
आफ्नो जीवनको पहिलोपटक सहकारी तथा गरिवी निवारणमन्त्री बनेका ढकालले दोस्रो पटक शान्ती तथा पूननिर्माण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो । उहाँकै नेतृत्वमा पहिलोपटक राष्ट्रिय सहकारी निती आएको हो । दोस्रोपटक मन्त्री बन्दा उहाँले शान्ती तथा पूननिर्माण मन्त्रालय सम्हालेका ढकालले आफ्नो कार्यकालमा इमान्दारिताका साथ काम गर्नुभयो भने पारदर्शी हिसावले कार्यसम्पादन गर्नुभयो । छोटो समयको कार्यकालले गर्दा भनेअनुसारको काम गर्न नसकिएको पूर्वशान्तीमन्त्री ढकाल स्विकार्नुहुन्छ । पहिलो राजनीतिक प्रेरणा तत्कालिन नेपाली विद्यमान समाज रहेको बताउने ढकालले विद्यालय उमेरदेखि नै नेपाल रेडक्रस सोसाइटी जस्ता सामाजिक संघसंस्थामा आवद्ध हुदै क्याम्पस तहदेखि राजनीतिक जीवन औपचारिक सुरु गर्नुभयो । क्याम्पस पढ्दासमेत आफुले कुनै राजनीतिक पार्टीको भातृसंगठनको सदस्यता नलिई स्वतन्त्र विद्यार्थी नेताको हैसियतमा आफूलाइ अगाडी बढाउनुभयो । ek-nath-dhakal
शान्ती अभियानकै क्रममा राम्रा कुराहरु सिक्दैजाँदा नीतिनियमकै तहमा पुगेर राम्रा कुराहरु स्थापित गर्ने चाहनाका साथ नेपाल परिवार दल स्थापना भएको उहाँ बताउनुहुन्छ । पहिलो संविधानसभाको निर्वाचनभन्दा केहि महिना अघिमात्र स्थापना भएको नेपाल परिवार दलले पहिलो संविधानसभामा समेत प्रतिनिधित्व गर्ने अवसर पायो । दोस्रो संविधानसभामा २ जना सांसदसहित प्रतिनिधित्व गरिरहेको परिवार दलका अध्यक्ष ढकाल आगामी दिनमा आफ्नो पार्टीको आकार बढाउन आम जनतासमक्ष पुगिरहनुभएको छ ।
राष्ट्र र जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने पक्षका नेता ढकाल राजनीतिक स्थायीत्व र मुलुकलाइ आर्थिक समृद्धितर्फ डोहो¥याउन दलीय सहमति आवश्यक पर्ने बताउनुहुन्छ । नेपालका प्रमुख दलहरुले लिएको विकासको मोडेल असफल भएकाले अब नयाँ मोडेल देशले चाहेको उहाँको धारणा छ । नेपाल परिवार दलले संविधान जारी भइसकेपछिको दश वर्षलाइ आर्थिक क्रान्तीको बर्ष भनेर घोषणा गरेकाले मुलुकको विकासका लागि आफु तयार रहने उहाँ बताउनुहुन्छ ।
स्थानीय निकायको पूर्नसंरचना जस्तो महत्वपूर्ण कुरालाइ पूरानो संरचना भत्काएर नयाँ संरचना बनाइनुपर्ने पूर्वमन्त्री ढकालको धारणा छ । सहमतीय राजनीति,अभिभावकीय भूमिका आफुहरुको अडान रहेको बताउने नेपाल परिवार दलका अध्यक्ष ढकाल आन्तरिक मजबुती,आन्तरिक एकता बलियो बनाएर राष्ट्रितालाइ बलियो बनाउनुपर्ने र आर्थिक,सामाजिक विकास सम्भव हुने बताउनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१