घण्टौ हिडेर घरदेखि चामल दाउरा बोकेर खोपीमा बसेर पढेको हुँ – (जीवनी भवानी प्रसाद पौडेल)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७३, सोमबार ०७:४७

%e0%a4%ad%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8c%e0%a4%a1%e0%a5%87%e0%a4%b2-%e0%a4%b8%e0%a4%b0जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलको जन्म कास्कीको धिताल गाविस वडा नम्बर ३ मा विःसं २०२३ साल असार १७ गते भएको हो । ३ जना दाजुभाइमध्ये कान्छो भाइका रुपमा जन्मिएका पौडेलका ४ जना दिदीबहिनी हुनुहुन्छ । उहाँ पोखराभन्दा केहि पर पहाडी क्षेत्र धिताल गाउँमा सामान्य परिवारमा हुर्किनुभएको हो । मध्यमबर्गीय परिवारमा हुर्किएका पौडेलको जीवनमा दुःखका अनुभव पाइन्छ । ग्रामीण क्षेत्रमा जीर्ण एवं कम सुविधायुक्त विद्यालयमा पढ्न हिडेर पुग्नुपथ्र्यो भने पछि उहाँ नेपालगंजमा अध्ययन गर्दा सामान्य बार लगाएर बस्नुपर्ने कोठामा डेरा गरी साथीहरुसँग बस्नुहुन्थ्यो । घरदेखि नै खाना पकाउन चामल दाउरा बोकेर नेपालगंज पुग्नुपथ्र्यो । पढेर केहि गर्नुपर्छ भन्ने सोच बाल्यकालदेखि साच्दै आएका पौडेलले त्यहि सपना साकार पार्न घण्टौ हिडेर घरदेखि चामल दाउरा बोक्ने,सामान्य बार लगाएको कोठामा साथीहरुसँग बस्नुपर्ने जस्तो परिस्थिती भोग्नुभयो । %e0%a4%aa%e0%a5%8c%e0%a4%a1%e0%a5%87%e0%a4%b2
पारिवारीक पृष्ठभूमि राजनीतिसँग जोडिने पौडेलको बुबा ४ कार्यकालसम्म तत्कालिन् गाउ पञ्चायतको प्रधान पञ्च हुनुहुन्थ्यो । २०२९ सालमा उहाँका बुबा बर्दियाको मोतीपूर जानुभयो । पौडेलले ३ कक्षासम्म स्थानीय भुवनेश्वरी प्रा. वि. मा अध्ययन गर्नुभयो । त्यसपछि बराह मा.वि. मा पनि केहि महिना पढिसकेपछि उहाँले बर्दियामा अध्ययन गर्नुभयो । त्यसबेला सुनौलीदेखि गोरखपुर हुदै फर्किएर नेपालगंज आएर बर्दिया जानुपथ्र्यो । ठूलो परिवार भएकाले तराइमा गएर मेहेनत गर्दा पारिवारीक आर्थिक भार धान्न सकिन्छ भन्ने उद्धेश्यका साथ उहाँको बुवा तराइ झर्नुभएको थियो । पढाइमा अब्बल पौडेलले प्लस टु सम्म कहिले प्रथम त कहिले द्धितिय स्थान हासिल गर्नुभयो । %e0%a4%ad%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%80खेलकुद क्षेत्रमा समेत रुची भएका पौडेल क्षेत्रियस्तरबाट समेत भलिवल खेल्नुहुन्थ्यो भने सितोरियो कराते समेत खेल्नुहुन्थ्यो । कक्षा ९ देखि स्नातक तहसम्म नेपालगंजका विभिन्न विद्यालय र क्याम्पसबाट अध्ययन पुरा गर्नुभयो भने स्नातकोत्तर तहको अध्ययन शंकरदेव क्याम्पसबाट पुरा गर्नुभयो । उहाँले बि. सं २०५१ सालमा मागी विवाह गर्नुभयो । अहिले उहाँका २ जना छोरा छन् । उहाँको एक छोरा अहिले दिल्लीमा इञ्जिनियरिङ पढ्दै हुनुहुन्छ भने अर्का छोरा आफ्नै मनकामना उच्च मा.वि.मा अध्ययनरत हुनुहुन्छ । कक्षा ९ मा अध्ययन गर्दा नै विवाह गर्न पारिवारीक दवाव आएपनि नगरेका पौडेलले केहि उमेर बढेपछिमात्र विवाह गर्नुभयो ।
स्नातकोत्तर अध्ययनका क्रममा काठमाण्डौ रहँदा जागिरको सिलसिलामा पौडेल तत्कालिन् मनकामना मा.वि.पुग्नुभयो । आफ्नै प्रयासमा त्यहाँ अध्यापनका लागि जागिर पाएका पौडेलले त्यहाँ जागिरमात्र पाउनुभएन,सो विद्यालय र जया मल्टिपल क्याम्पसका संस्थापक जगन्नाथ देवकोटासँग भेट भयो । उहाँहरु नाताले दाजुभाइ हुनुहुन्छ । ४७ सालदेखि विद्यालयमा अध्यापन सुरु गरेका पौडेलले त्यसको करिब २ बर्षदेखि नै विद्यालयको प्रिन्सिपलको रुपमा जिम्मेवारी सम्हाल्नुभयो । विद्यालयलाइ अगाडी बढाउदै जाँदा वि. सं. २०६१ सालदेखि उच्च मावि सञ्चालनमा आयो भने ६४ सालदेखि स्नातक तहको समेत पढाइ अहिलेको जया मल्टिपल क्याम्पसबाट सुरु भएको हो । संस्थापक जगन्नाथ देवकोटाकी सुपुत्री जया देवकोटाको अल्पायुमै असामयीक निधन भएकाले उनकै सम्झनामा जया मेमोरियल एजुकेसन फाण्डेसन दर्ता गरेर त्यसैमार्फत क्याम्पसको नाम पनि जया मल्टिपल क्याम्पस हुन गएको हो । %e0%a4%ad%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8c%e0%a4%a1%e0%a5%87%e0%a4%b2
शिक्षा क्षेत्रको सुधारका लागि निकै लामो समयदेखि संघर्षसिल पौडेल त्यसबेला काठमाण्डौमा समेत छोरीहरुलाइ सरकारी विद्यालय र क्याम्पसमा बढाउने तर छोरालाइ निजी विद्यालयमा पढाउने मानसिकता कतिपय मानिसमा रहेको बताउनुहुन्छ । जसले गर्दा गुणस्तरीय शिक्षाका लागि भनेर लागेका उहाँहरुलाइ धेरै चुनौति थियो । नेपालगंजबाट काठमाण्डौ आएका पौडेल त्यसबेला हल्का कालो वर्णको हुनुहुन्थ्यो भने बोलीमा पनि हिन्दीको लवज मिसिन्थ्यो । जसले गर्दा बिद्यार्थीका कतिपय अभिभावकले उहाँलाइ भारतबाट आएको हो ? भनेर प्रश्न गर्थे । जसबेला उहाँ हासेर आफु नेपाली नै भएको र तपाइहरुको बच्चालाइ गुणस्तरीय शिक्षा दिन यहाँ आएको जवाफ दिनुहुन्थ्यो ।
अहिले जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख रहेका पौडेल नेपालभरकै उत्कृष्ट क्याम्पसहरुको सुचीमा आफुहरुको क्याम्पस पनि उत्कृष्टकै दर्जामा पर्ने दाबी गर्नुहुन्छ । भौतिक संरचना र मनोरम वातावरणका साथै आफ्नै सुविधासम्पन्न शैक्षिक भवन रहेकाले पनि शिक्षा प्राप्तीका लागि आउने विद्यार्थीले कुनै असुविधा महसुस गर्न नसक्ने उहाँको दाबी छ । यकातिर गोकर्णको जंगल र अर्कातिर बागमति नदिको बिचमा रहेको सो क्याम्पसमा प्लस टुमा विज्ञान,व्यवस्थापन र मानविकी संकायका कक्षाहरु सञ्चालन हुन्छन् । त्यसैगरी स्नातक तहमा विविएस,मानविकीतर्फ पत्रकारिता लगायतको पढाई हुन्छ । त्यस्तै स्नातकोत्तर तहतर्फ फाइनान्सतर्फको पढाई हुने गरेको छ । प्राविधिक शिक्षाका कार्यक्रम अगाडी बढाउने तथा सिटिइभिटीबाट सञ्चालन हुनसक्ने प्राविधिक कोर्सहरु अगाडी बढाउने उहाँहरुको आगामी योजना छ । सो क्याम्पसका क्याम्पस प्रमुख प्याव्सन जिल्ला कार्यसमितीका सल्लाहकार,हिसान काठमाण्डौको सदस्य तथा नेपाल प्राइभेट कलेज एशोसियसनका केन्द्रिय सदस्य समेत हुनुहुन्छ । %e0%a4%ad%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b8%e0%a4%be%e0%a4%a6
नेपालमा अहिले शिक्षा आठौँ संशोधन ऐन आएको छ । यस संशोधन विधेयकका कतिपय कुरा स्वागतयोग्य भएपनि केहि असन्तुष्टिका पक्षपनि रहेको पौडेल बताउनुहुन्छ । नीजि क्षेत्रका संस्थापकहरुले पूर्ण सन्तुष्टि हुन सक्ने अवस्था नयाँ शिक्षा ऐनमा नरहेको पौडेलको बुझाइ छ । सर्वाधिक महत्व बोकेको एसएलसी परिक्षालाइ परिवर्तन गर्नु पनि व्यवहारिक नभएको पौडेल बताउनुहुन्छ । एसएलसीको नतिजा ग्रेडिङमा लगेर सरकारले विद्यार्थीमाझ अन्यौल थोपरिदिएको बताउने पौडेल शिक्षा ऐन अझै संशोधन भएर आउनुपर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०