पच्चिस बर्ष अघि युएनको ८ हजार डलर तलब लत्याएर राजनीतिमा होमीएको मानिस हुँ म (जीवनी )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०७३, आईतवार ०९:२६

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.रामशरण महतको जन्म वि.सं. २००७ साल पुस ३० गते नुवाकोटको कविलासमा भएको हो ।boster-35

प्रतिष्ठित एवं मध्यम बर्गीय महत परिवारमा पूर्वमन्त्री महत जेठो सन्तानको रुपमा जन्मिनुभएको हो । उहाँका ५ बहिनी र १ जना भाइ छन् । उहाँका पुर्खाहरुले नेपाल आर्मीको माथिल्लो ओहोदामा समेत रहेर काम गरेका छन् । उहाँका बुबा भने खेतीपाती तथा व्यवसायमा हुनुहुन्थ्यो । २/३ जना बहिनी भइसक्दासमेत भाइ नजन्मिएकाले पनि तत्कालिन समाजको सोचअनुसार पनि उहाँ परिवारको एकमात्र छोराको रुपमा धनमाथीको रातीगेडी भनेझैँ अत्यन्त माया र स्वतन्त्रतामा हुर्किनुभयो । केहि बर्षपछि मात्र उहाँको भाइ अर्थात बर्तमान सरकारका परराष्ट्रमन्त्री, नेपाली राजनीतिका एक प्रभावशाली नेता एवं कांग्रेस नेता प्रकाशशरण महतको जन्म भएको हो ।

पूर्वअर्थमन्त्री महतको बाल्यकालबेला गाँउमा राम्रो अध्ययनका लागि विद्यालय थिएन । परिवारमा पनि पढ्ने वातावरण नभएकाले महत ६ बर्षको उमेरमै काठमाण्डौ आएर पढ्न थाल्नुभएको हो । काठमाण्डौको चोभारमा फुपुको घरमा २ बर्षजति घरमै शिक्षक राखेर महतले अध्ययन गर्नुभयो । त्यसपछि करिब ८ बर्षको उमेरमा उहाँले पाटनस्थित त्रिपद्म विद्याश्रममा एकैचोटी ५ कक्षामा भर्ना भएर पढ्न थाल्नुभयो । चोभारदेखि उहाँ पाटनसम्म करिब डेढ घण्टा हिडेर पढ्न आउनुहुन्थ्यो । कक्षा ६ देखि त्रिपुरेश्वरस्थित विश्व निकेतन हाइस्कुलमा पढ्न थाल्नुभयो । १३ बर्षको उमेरमा उहाँले त्यही विद्यालयबाट २०२० सालमा एसएलसी पास गर्नुभयो । त्यसबेला नेपालभरबाट एसएलसी दिने करिब ३÷४ हजारजना मात्र परिक्षार्थी हुन्थे । उहाँले एसएलसी सेकेण्ड डिभिजनमा पास गर्नुभयो । त्यसबेला सेकेण्ड डिभिजनमा पास गर्नु भनेको ठूलो मानिन्थ्यो । त्यसपछि त्रिचन्द्र क्याम्पस पढ्न थालेपछि उहाँको पढाइ उत्कृष्ट हुदै गयो । कक्षा टप गर्दै उहाँले आइए पास गर्नुभयो । २०२४ सालमा उहाँले बिए पास गर्नेक्रममा गोल्ड मेडलिष्ट बन्दै अर्थशाष्त्रमा उत्कृष्ट अंक प्राप्त गर्नुभयो । उहाँ बाल्यकालमा केहि चञ्चले स्वभावको भएपनि घर छोडेर आफन्तकोमा बस्न थालेपछि अनुसासित बन्दै जानुभयो ।
बाल्यकालमा उहाँ फुर्सदमा फुटबल खेल्ने,गुच्चा खेल्ने गर्नुहुन्थ्यो । सानै उमेरमा घर छोडेका महत बर्षमा दुइ तिन पटकमात्र नुवाकोट घरमा पुग्नुहुन्थ्यो । गाउँघरमा पुग्दा उहाँ उखु पेल्ने ठाउँमा उखु खान जाने,घुमफिर गर्न हिड्नुहुन्थ्यो । कुनै समय गुच्चा खेल्ने,फुटबल खेल्ने महतले हुर्किएपछि अर्थशास्त्रका हरेक कठिनाइसँग सहजै खेलेर ज्ञान अनुभव बटुल्नुभयो । जसले गर्दा मुलुकलाइ आर्थिक बिकासमा उकाल्न दर्बिलो बनाउने काम ग¥यो । ramsharan-mahatn
क्याम्पस पढ्नेक्रममा उहाँ १४ बर्षको उमेरमा जेल पर्नुभयो । २०२१ साल चैत्रमा विद्यार्थी आन्दोलन भयो । देशव्यापी सम्मेलन गर्ने तयारी हुदैगर्दा केहि विद्यार्थी नेता पक्राउ परे । त्यसको विरोधमा निस्किएको जुलुसमा संलग्न महत त्रिचन्द्र क्याम्पसबाट जुलुससहित त्रिपुरेश्वरस्थित आमसभामा पुग्नुभयो । त्यहि आमसभाका क्रममा पुलिसको लाठी प्रहार गर्दा उहाँको टाउको फुट्यो भने खुट्टामा चोट लाग्यो । त्यसबेला महतसहित ४ जना घाइतेलाइ प्रहरीले पक्रेर बीर अस्पतालमा सामान्य उपचारपछि भद्रगोल जेलमा लगेर राख्यो । त्यसबेला परिवारलाइ समेत भेट्न दिइएन । बाहिर आन्दोलन शिथिल हुदैगएपछि आन्दोलन चर्काउन केहि खुराक चाहिएकाबेला विद्यार्थीहरुले घाइते भइ पक्राउ परेका विद्यार्थी महत मरेको खबर सम्प्रेषण गरेर आन्दोलन फेरी चर्काएका थिए । १४ बर्षकै उमेरमा पुलिसको लाठी प्रहारबाट टाउको फुट्दा,खुट्टा मर्किदा र पक्राउ परेर आफु मरेको हल्ला फैलाइदा समेत उहाँको दिमाग स्वतन्त्रता र परिवर्तनको आशामा घुमिरह्यो । त्यसबेला जेलभित्र उहाँको भेट निर्मल लामा,मनमोहन अधिकारी तथा रमेशनाथ पाण्डेलगायतसँग भेट भयो । त्यहिबाट उहाँको राजनीतिक यात्रा सुरुवात भयो । करिब १ महिना बसेर जेलबाट बाहिर निस्कनुभयो ।
जुँगाको रेखी समेत राम्रोसँग बसिनसकेको त्यसबेला विश्वविद्यालयमा गएर युनियनको चुनाव लड्छु भन्ने उहाँको चाहना थियो । विए पास गर्दासमेत उमेर सानै भएकाले उहाँले लमजुङको दुर्गम क्षेत्रमा गएर करिब साढे २ बर्ष स्थानीय भक्ति माध्यामिक विद्यालयमा पढाउनुभयो भने तार्कुघाटमा वीरभक्ति मा वि मा प्रधानाध्यापक भएर पढाउनुभयो । त्यहाँबाट फर्किएर उहाँ विश्वविद्यालय भर्ना हुनुभयो । जहाँपनि उहाँले विद्यार्थी राजनीतिमा सक्रिय हुनुभयो । उहाँलाइ जेल जाने तथा छुट्ने कुरा सामान्य लाग्न थालिसकेको थियो । विश्वविद्यालयबाट निस्केपछि करिब २ बर्ष लामो जेल जीवन उहाँले बिताउनुभयो ।
एम ए मा उत्कृष्ट अंक ल्याएपछि डाक्टर महत उच्चशिक्षा हासिल गर्न अमेरिका तथा बेलायतमा छात्रवृत्रीमा छानिनुभयो । तर त्यसबेलाको पञ्चायत सरकारले उहाँलाइ जान दिएन । त्यसपछि भारतको पुनामा गएर पिएचडी गर्नुभयो । फर्किएर २०३६ सालको जनमतसंग्रहमा सक्रिय सहभागीता जनाउनुभयो । संयुक्त राष्ट्रसंघ युएनको जागिरका लागि प्रतिस्पर्धाबाट छानिएपछि उहाँले पार्टी नेता बिपीको सल्लाह बमोजिम युएनमा जागिर थाल्नुभयो । नेपालमा करिब ६ बर्ष युएनमा रहेर काम गरिसकेपछि उहाँले अमेरिका हुँदै युएनको मुख्यालय न्युयोर्कमा समेत केहिसमय काम गर्नुभयो । त्यसपछि अफगानिस्तान हेर्नेगरी उहाँ पाकिस्तान गएर २ बर्ष बस्नुभयो । सन् १९९० मा नेपालमा राजनीतिक परिवर्तनका क्रममा बिचबिचमा आएर सहयोग गर्नुभयो ।
कृष्णप्रसाद भट्टराइ प्रधानमन्त्री भएकोबेला पार्टीले बोलाएपछि उहाँ स्वदेश फर्किनुभयो । स्वदेश फर्किएपछि केहि समयमै चुनावी माहौल आएपछि उहाँको क्षेत्र नुवाकोटको २ भएपनि क्षेत्र नम्बर १ बाट टिकट पाउनुभयो । तर उहाँ पहिलो चुनावमा डाक्टर प्रकाशचन्द्र लोहनीसँग पराजित हुनुभयो । पछि योजना आयोगको उपाध्यक्ष भएर उहाँले निकै सम्झनलायक धेरै काम गर्नुभयो । उहाँको काम,स्वभाव,विज्ञता र क्षमता आम मानिसलाइ जानकारी हुदै गएपछि त्यसपछि अहिलेसम्मका ४ वटा निर्वाचनमा उहाँ निर्वाचित हुदै आउनुभएको छ ।cfh g]kfn cl86;{ P;f]l;P;g -c8fg_ sf] bzf}+ :yfkgf lbj;sf] cj;/df cfof]lht sfo{qmddf cfkmgf] dGtJo JoQm ug'{ x'Fb} cy{dGqL 8f /fdz/0f . tl:a/ M /Tg >]i7, /f;; .

महतले वि. सं. २०३६ सालमा उहाँले पारिवारीक सरसल्लाहमा विवाह गर्नुभयो । उहाँको अहिले १ जना छोरा र १ जना छोरी हुनुहुन्छ । उहाँको छोरा अहिले अमेरिकामा ६ बर्षदेखि न्युयोर्क बारमा कर्पोरेट लयरको रुपमा काम गर्दैहुनुहुन्छ । उहाँको छोरी डाक्टर भएपनि पछि पव्लिक हेल्थमा अमेरिकाबाट मास्टर्स गरेर अहिले विश्व स्वास्थ्य संगठन डब्लुएचओ अन्तर्गत दिल्लीमा काम गर्दै हुनुहुन्छ ।
कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महतले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा तथा पटक पटक अर्थमन्त्री हुँदा नेपालको अर्थतन्त्रका हरेक क्षेत्रमा महत्वपूर्ण काम गर्नुभएको छ । नीजी क्षेत्र,बैदेशिक पुँजी,श्रम,बैंक तथा वित्तिय क्षेत्र,सहकारी,श्रम,कर लगायतका विभिन्न क्षेत्रमा उहाँले अविस्मरणीय सुधारका काम गर्नुभएको छ । यद्यपी राजनीतिक अस्थिरताले गर्दा नेपालको अर्थतन्त्रमा आउनुपर्नेजति सुधार र विकास अझै हुन नसकेको पूर्वअर्थमन्त्री महत स्विकार्नुहुन्छ । अब भने संविधान कार्यान्वयनलाइ अघि बढाउदै राजनीतिक मुद्धालाइ पुरा गरेर आर्थिक विकासमा लाग्नुपर्ने उहाँ बताउनुहुन्छ । राजनीतिमा पक्ष र विपक्ष हुन्छ नै, सोहिअनुसार उहाँका विपक्षीले उहाँलाइ जसरी परिभाषित गरेपनि निष्पक्ष दृष्टिबाट हेर्दा महत एक सफल पूर्वअर्थमन्त्री हुनुहुन्छ । अन्तराष्ट्रियस्तरको पुरस्कार समेत पाइसकेका महतको योगदानबाट नेपालको आर्थिक क्षेत्रले सहजताको सास फेरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१